LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पाँच महीनामा ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्रबैकले जारी गरेको वित्तीय विवरणले देखाएको छ ।नेपाल राष्ट्र बैकँले शुक्रवार सार्वजनीक गरेको साउन देखि मंसिरसम्मको अवधिमा उक्त विप्रेषण आप्रवाह गरेको हो । गत आवको सोही अवधीको तुलनामा यो वर्षको विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । यो २३ प्रतिशतले बढेको हो ।राष्ट बैकँको अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।विश्वव्यापी फैलिएको कोरोनाको कारण वैदेशिक रोजगारी सुस्ताउँदा नेपालको रेमिट्यान्समा प्रतक्ष प्रभाव पारेको थियो । कोरोना कहर कम भएसँगै बढेको वैदेशिक रोजगारीका कारण पछिल्लो समय ठूलो संख्यामा नेपाली युवा विदेशिएका छन् । रेमिट्यान्स प्रवाह कम हुँदा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा दवाव परेको भन्दै सरकारले आयातका सामानमा प्रतिवन्ध नै लगाएको थियो ।

सम्बन्धित खबर