LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पाँच महीनामा ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्रबैकले जारी गरेको वित्तीय विवरणले देखाएको छ ।नेपाल राष्ट्र बैकँले शुक्रवार सार्वजनीक गरेको साउन देखि मंसिरसम्मको अवधिमा उक्त विप्रेषण आप्रवाह गरेको हो । गत आवको सोही अवधीको तुलनामा यो वर्षको विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । यो २३ प्रतिशतले बढेको हो ।राष्ट बैकँको अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।विश्वव्यापी फैलिएको कोरोनाको कारण वैदेशिक रोजगारी सुस्ताउँदा नेपालको रेमिट्यान्समा प्रतक्ष प्रभाव पारेको थियो । कोरोना कहर कम भएसँगै बढेको वैदेशिक रोजगारीका कारण पछिल्लो समय ठूलो संख्यामा नेपाली युवा विदेशिएका छन् । रेमिट्यान्स प्रवाह कम हुँदा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा दवाव परेको भन्दै सरकारले आयातका सामानमा प्रतिवन्ध नै लगाएको थियो ।

सम्बन्धित खबर