LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से मा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आवको पाँच महीनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको छ ।त्यसैगरी उक्त अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ९२ अर्ब ७८ करोड रुपैया बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल १६ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ ।नेप्सेमा चालू आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

 

सम्बन्धित खबर