LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । वान वल्र्ड थिएटर नेपालको संयोजनमा तयार भएको नाटक ‘देउराली डाँडी’को मञ्चन शुक्रबारदेखि पिंगलास्थानस्थित स्टुडियो थिएटरमा सुरु भएको छ । सोमबारबाहेक यो नाटकको मञ्चन माघ १५ गतेसम्म हुने जनाइएको छ । दर्शकले नेपाली भाषा र अंग्रेजी भाषाको ट्रान्सलेसनमा नाटक हेर्न सक्ने भएका छन् ।१ घण्टा ४० मिनेट लामो नाटकलाई सन् २०१४ देखि नेपालमा बसोबास गर्दै आएकी रोज स्क्विेजले गरेकी छन् भने लेखक चाहिं सहलेश हुन् । अन्तरीक्षको मीतज्यू, साइली बरै र माइला कामीको मान्धम नाटक लेखिसकेका सहलेशले यो नाटक लेखेका हुन् ।नाटकमा नेपाली चलचित्र र रंगमञ्चका चर्चित कलाकारको संयोजन छ ।

गुरुकुल थिएटर र ‘कबड्डी’ फिल्मकी अभिनेत्री पशुपति राई आदर्शवान् ताराको रूपमा, प्रकाश र दोख फिल्मकी अभिनेत्री दीया मास्के जीवन्त सुनिताको रूपमा, फिल्म ‘साइँली’ फेम्ड मेनुका प्रधान भविष्य उन्मुख सिरुको रूपमा, हिमालयन रोडी अनि रंगकर्मी रञ्जना भट्टराई बोझिल माइलीको रूपमा, अवार्ड विजेता छोटो फिल्म ‘हलकारा’की विनिता थापा मगर निर्दोष फूल्सराको रूपमा र गुरुकुल थिएटरकी सरस्वती चौधरी घाटु कथाकी रहस्यमयी प्राचीन थारु रानी यम्बावतीको रूपमा रहेका छन् ।नाटक ‘देउराली डाँडी’ले गाउँको कथा भन्छ । धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सबै पुरुष परदेश गएका छन्, खेत बाँझा छन् । देउराली उजाडिएको छ । भत्किंदै गएको परिवेशमा पनि महिला संघर्ष गरेर बाँचिरहेका हुन्छन्, महामारीको लक्षण पुनः देखिन थालेपछि उनीहरुको संघर्षको औचित्यमा प्रश्न चिन्ह खडा हुन्छ । संघर्षको अन्तिम चरणमा महिलाले घाटुनाचको कथा र देवीमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथा नै देउराली डाँडी हो ।

 

सम्बन्धित खबर