LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ दशमलव ७२ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार १८२ दशमलव ११ विन्दुमा पुगेको छ । दुई दिनको सार्वजनिक बिदापछि खुलेको बजारमा पुनः जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यसअघि पनि एक दिन जलविद्युत समूहका कम्पनीमा लगानीकर्ता खनिएका थिए । दुई दिन बजार घटे पनि मंगलवार पुनः बजार उकालो लाग्दा जलविद्युत् कम्पनीमै लगानीकर्ता झुम्मिएका छन् ।मंगलवार कारोबारमा आएका २५० धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता ६३ हजार ४३० पटक किनबेच भएको छ । कारोबार रकम रू। ३ अर्ब ७२ करोड ४७ लाख भएको छ ।

दुई दिनको करेक्सनपछि मंगलवार खुलेको बजारमा खरीदकर्ताको आकर्षण देखिएको छ । आइतवार र सोमवार सार्वजनिक बिदा थियो । गत हप्ता बुधवार र बिहीवार गरी नेप्से परिसूचक ६२ अंकले घटेको थियो । बजार बीचमा २० प्रतिशतभन्दा बढी बढेको थियो । बढेको बजारमा प्रोफिट बुक भएपछि दुई दिनको घटाइलाई लगानीकर्ताले करेक्सनको रूपमा लिएको देखिन्छ । घटेको बजारमा खरीदकर्ता हाबी भएसँगै मंगलवार बजार बढेको छ । माघ महीनाको लागि घटेको निक्षेपको ब्याजदरले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । त्यस्तै सरकार तथा नियामक निकायहरू पूँजी बजारप्रति सकारात्मक देखिएका छन् ।

मंगलवार कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर्स लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ग्रीन भेन्चर्सको शेयर मूल्य रू। ४१५ दशमलव ८०, आदर्श लघुवित्तको रू। ७७१ दशमलव १० र पिपुल्स हाइड्रोपावरको रू। २९७ पुगेको छ । यस दिन सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ८ दशमलव ४५ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू। ८ दशमलव ९९ मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड–२ को इकाई मूल्य ६ दशमलव २१ प्रतिशत घटेर रू।

८ दशमलव १६ कायम भएको छ । मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू। २३ करोड २६ लाख बराबरको भएको छ । यस कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै खरीदकर्ताको आकर्षणमा परेको देखिन्छ । त्यस्तै सर्वाधिक दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको रू। ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव २९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ५ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित खबर