LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । जुलाईसम्म जलवायु परिवर्तनले विनाशकारी अवस्था उत्पन्न गर्यो भने अमेरिकाका ६ ठूला बैंकहरूलाई के कस्तो असर पर्छ भनेर अध्ययन गर्न केन्द्रीय बैंक फेडरल रिजर्भले निर्देशन दिएको छ ।जलवायु परिवर्तनले निम्त्याउने क्षति ‘भौतिक’ हुने अनुमानमा बैंकहरूले जलवायु परिवर्तनको दबाबहरू कत्तिको सामना गर्न सक्छन् भनेर देखाउन जंगली आगो, बाढी, सुख्खा र तातो हावाको लहर आदि परीक्षण हुनेछ । फेडले गएको मंगलवार एक विज्ञप्ति जारी गर्दै नयाँ परीक्षण कार्यक्रमको विवरणहरू सार्वजनिक  गरेको थियो ।

यस कार्यक्रममा उत्तरपूर्वी अमेरिकामा जलवायु परिवर्तनका कारण आवासीय र व्यवसायिक घरजग्गा पोर्टफोलियोमा हुन सक्ने विभिन्न स्तरको भौतिक जोखिमको अवस्थाहरू राखिएको छ ।फेडले हरेक बैंकलाई देशको अर्को क्षेत्रमा उनीहरूको रियल इस्टेट पोर्टफोलियोमा हुन सक्ने अतिरिक्त भौतिक विनाशको प्रभावबारे विचार गर्न भनिएको विज्ञप्तिमा उल्लेख छ ।फेडले सेप्टेम्बरमै परीक्षण कार्यक्रमको घोषणा गरेको थियो । यसमा बैंक अफ अमेरिका, सिटीग्रूप, गोल्डम्यान श्याख्स, जेपी मोर्गन चेज, मोर्गन् स्ट्यान्ली र वेल्स फार्गोलाई सहभागी हुन भनिएको थियो ।

फेडले यस्तो खालको परियोजना पहिला नै गर्नु पर्थ्यो भनेर जलवायु अभियन्ताहरूले भन्दै आएका थिए । यो कार्यक्रम फेडले निकै ढिलो ल्यायो ।बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ले सन् २०२१ मा यस्तै खालको परीक्षण गरेको थियो । यो प्रस्तावमा वास्तविकता नभएको अभियन्ताहरूको दाबी छ । फेडले यो अभियान खोजपूर्ण हुने, यसको पूँजीगत असर नहुने अनि हरेक बैंकको छुट्टा छुट्टै प्रतिवेदन पनि सार्वजनिक नगर्ने फेडले बताएको छ । यो सिक्ने र खोजपूर्ण अभ्यास भएको सान फ्रानसिस्को फेडकी अध्यक्ष मेरी डालीले अक्टोबरमै भनेकी थिइन् ।

यो कार्यक्रमका आलोचकहरूले भने फेडले आफ्नो सीमाबाहिर टेकेको अनि उनीहरूमाथि चाँडै नै वित्तीय दन्ड लगाउन शुरू हुने बताएको छ । फेडको पाइलट कार्यक्रमले बैंकहरूलाई परम्परागत ऊर्जा कम्पनी र कार्बन उत्सर्जन गर्ने अन्य क्षेत्रहरूमा कर्जा र लगानी सीमित बनाउन दबाब दिनेतर्फ पहिलो कदम भएको रिपब्लिकन पार्टीका पूर्व सिनेटर प्याट टमीले बताएका छन् । यो कार्यक्रमको वास्तविक उद्देश्य नयाँ नियामकीय आवश्यकता बनाउन उनी बताउँछन् ।

तर गएको  हप्ता फेड प्रमुख जेरोम पावेलले भने केन्द्रीय बैंक जलवायु नीतिनिर्माता नबन्ने बताएका थिए । केही विश्लेषकहरूले आफूलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे बैंकले निरीक्षण गर्नु विद्यमान जनादेश अनुरुप उपयुक्त, बुद्धिमानी र तार्किक हुन्छ त ? भनेर प्रश्न गरेको पावेलले केही दिन अघि भनेका थिए ।

यसको जवाफमा पावेलले जलवायु परिवर्तनसँग सम्बन्धि जोखिमबारे फेडसँग साँघुरो तर महत्वपूर्ण जिम्मेवारी भएको बताएका थिए । यी दायित्व बैंकको सुपरिवेक्षण गर्ने केन्द्रीय बैंकको जिम्मेवारीसँग कसिलोसँग बाँधिएको उनको जवाफ थियो । जलवायु परिवर्तनका कारण उत्पन्न हुने वित्तीय जोखिम समेतका भौतिक क्षतिहरूबारे सुपरीवेक्षकको रुपमा फेडले बैंकहरूलाई बुझाउन अनि सो क्षतिको उचित रुपमा व्यवस्थापन गराउन लगाओस् भन्ने सर्वसाधारणहरूको आशा छ । उनीहरूको आशा तर्कसंगत भएको जेरोम बताउँछन् । एजेन्सी

सम्बन्धित खबर