LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं  । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा भोलि शुक्रवार अर्थात् माघ १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा एवं विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओ खरीदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रमा मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीले प्रवर्द्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोड १३ लाख ४२ हजार रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. ३ अर्ब रहेको छ ।

सम्बन्धित खबर