LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजनाको काम ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन उक्त आयोजनाबाट आगामी साउन महीनाभित्र विद्युत उत्पादनको लक्ष्य लिइएको छ । २०७७ साउनदेखि निर्माण शुरू गरिएको आयोजना २७ महीनाभित्र सक्ने लक्ष्य भएपनि कोभिडका कारण १ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाले विद्युत प्राधिकरणले तोकेको व्यवसायिक विद्युत उत्पादन मिति २०८० साउन ४ गते भित्रै विद्युत दिने गरी काम गरिरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाइमा ३ अर्ब  ५० करोड रुपैयाँ ऋण  लगानी भएको छ । जसमा एनएमबीले २ अर्ब २० करोड, कर्मचारी सञ्चयकोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले १४ प्रतिशत इक्वीटी लगानी गरेको आयोजनामा स्थानीय ६०० व्यक्तिले १० हजार रुपैयाँ भन्दा माथि इक्वीटी लगानी गरेका छन् ।आयोजनामा अहिलेसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ । बाँध र सिभिल तर्फ ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । आयोजनामा हाइड्रो मेकानिकल तर्फ ८० र इलेक्ट्रोमेकानिकल तर्फ ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ ।

आयोजनाले वार्षिक १४८ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने छ । हिउँदको ६ महीनाको लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षाको ६ महीनाको लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले विद्युत प्राधिकरणसँग विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।आयोजनाले बाँधस्थलबाट साढे ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई १६५ मिटरको नेट उचाईंबाट सेमी अण्डरग्राउन्ड विद्युत गृहमा खसाएर २५ मेगावाट विद्युत उत्पादन गर्ने छ । विद्युत गृहमा १२ दशमलव ५ मेगावाट क्षमताका दुई ओटा टर्वाइन हुनेछन् ।उत्पादन भएको विद्युतलाई करीब ४ किलोमिटर पर रहेको विद्युत प्राधिकरणको लाहचोक सवस्टेसनमा जोडिने छ । त्यहाँ सम्म विद्युत लैजान आयोजनाले १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारणलाइन निर्माणको काम भने ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

२ महीनाभित्र आईपीओ आउने
आयोजनाले सर्वसधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया पनि शुरू गरिसकेको अध्यक्ष पोखरेलले बताए । आयोजनाको विद्युत उत्पादन हुनु अघि नै आईपीओ जारी गर्ने पोखरेलले दाबी गरे । कम्पनीले १  वर्ष अघि नै तेस्रो साधारणसभाबाट आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर