LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजनाको काम ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन उक्त आयोजनाबाट आगामी साउन महीनाभित्र विद्युत उत्पादनको लक्ष्य लिइएको छ । २०७७ साउनदेखि निर्माण शुरू गरिएको आयोजना २७ महीनाभित्र सक्ने लक्ष्य भएपनि कोभिडका कारण १ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाले विद्युत प्राधिकरणले तोकेको व्यवसायिक विद्युत उत्पादन मिति २०८० साउन ४ गते भित्रै विद्युत दिने गरी काम गरिरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाइमा ३ अर्ब  ५० करोड रुपैयाँ ऋण  लगानी भएको छ । जसमा एनएमबीले २ अर्ब २० करोड, कर्मचारी सञ्चयकोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले १४ प्रतिशत इक्वीटी लगानी गरेको आयोजनामा स्थानीय ६०० व्यक्तिले १० हजार रुपैयाँ भन्दा माथि इक्वीटी लगानी गरेका छन् ।आयोजनामा अहिलेसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ । बाँध र सिभिल तर्फ ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । आयोजनामा हाइड्रो मेकानिकल तर्फ ८० र इलेक्ट्रोमेकानिकल तर्फ ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ ।

आयोजनाले वार्षिक १४८ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने छ । हिउँदको ६ महीनाको लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षाको ६ महीनाको लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले विद्युत प्राधिकरणसँग विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।आयोजनाले बाँधस्थलबाट साढे ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई १६५ मिटरको नेट उचाईंबाट सेमी अण्डरग्राउन्ड विद्युत गृहमा खसाएर २५ मेगावाट विद्युत उत्पादन गर्ने छ । विद्युत गृहमा १२ दशमलव ५ मेगावाट क्षमताका दुई ओटा टर्वाइन हुनेछन् ।उत्पादन भएको विद्युतलाई करीब ४ किलोमिटर पर रहेको विद्युत प्राधिकरणको लाहचोक सवस्टेसनमा जोडिने छ । त्यहाँ सम्म विद्युत लैजान आयोजनाले १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारणलाइन निर्माणको काम भने ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

२ महीनाभित्र आईपीओ आउने
आयोजनाले सर्वसधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया पनि शुरू गरिसकेको अध्यक्ष पोखरेलले बताए । आयोजनाको विद्युत उत्पादन हुनु अघि नै आईपीओ जारी गर्ने पोखरेलले दाबी गरे । कम्पनीले १  वर्ष अघि नै तेस्रो साधारणसभाबाट आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर