LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।

सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

सम्बन्धित खबर