LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । कुर्था–जयनगर रुटमा दैनिक तीनपटक रेल आउजाउ हुने भएको छ । हालको दैनिक दुईपटकको आउजाउले नपुगेपछि यात्रुबाट तीनपटकको माग बढेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बताए ।नेपाल रेल्वेले सार्वजनिक यातायातभन्दा सस्तोमा यात्रीलाई सेवा दिइरहेकाले पनि यात्रुको माग बढेको उनको भनाइ छ । यात्रीको सुविधालाई ध्यानमा राखी कम्पनीले ३ पटक आउनेजाने गरी रेल सेवा थप गर्न लागेको पनि झाले जानकारी दिए । रेलमा यात्रीको चाप उत्साहजनक रहेको उनले बताए । झाका अनुसार हप्ताको ३ दिन शनिवार, आइतवार र बुधवार रेलमा बढी भीडभाड हुन्छ ।

नेपाल रेल्वेले गत आर्थिक वर्षमा दैनिक औसत २ लाख १० हजार रुपैयाँ आम्दानी गरेको पनि उनले जानकारी दिए । रेलको सञ्चालन खर्च दैनिक कमाइले धानिरहेको छ । शनिवार नेपालमा र आइतवार भारतमा बिदा तथा बुधवार जयनगरमा बजार लाग्ने हुँदा ती दिनमा यात्रीको भीड धेरै हुने गरेको उनको भनाइ छ ।प्रबन्ध सञ्चालक झाका अनुसार बर्दिवासदेखि जयनगरसम्म ७० किलोमीटर रेल लाइन निर्माणका लागि भारत सरकारको अनुदानमा काम भइरहेको छ । हाल कुर्थादेखि जयनगरसम्म रेल सेवा सञ्चालनमा छ । कुर्था र जयनगरको दूरी ३५ किलोमीटर छ । कुर्थादेखि बिजलपुरसम्म रेल सञ्चालनका लागि पावर सप्लाईको काम छिट्टै सम्पन्न गर्न आफूहरू लागिपरेको उनले बताए । नेपाल रेल्वेमा दैनिक ज्यालादारीमा ११० जना कर्मचारीले काम गरिरहेका छन् ।

व्यवसायीले उक्त रेलबाट माल ढुवानीको व्यवस्था गर्न आग्रह गरिरहे पनि यात्री बोक्ने रेलमा मालवाहकको डिब्बा थप गर्न नसकिने झा बताउँछन् । उद्योग वाणिज्य संघहरू र नेपाल रेल्वेले माल ढुवानी समस्याबारे एकपटक छलफल गरिसकेको झाको भनाइ छ । व्यापारीको माग र आवश्यकताअनुसार भारत सरकारसँग समन्वय गरी जयनगरदेखि जनकपुरसम्म भारतीय मालवाहक रेल सञ्चालन गर्न सकिने उनले बताए ।

सम्बन्धित खबर