LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौँ,  ।आगामी फागुनभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षको जरिवाना तिर्नु नपर्ने भएको छ।बिहिबार यातायात व्यवस्था कार्यालय, काठमाडौंले एक सूचना प्रकाशित गर्दै मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ।यातायात व्यवस्था कार्यालयले भनेको छ, ‘२०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेकाले विगत आर्थिक वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरूले उक्त व्यवस्थाको लाभ लिनहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरूको कर जरिवाना तथा नविकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ।’त्यस्तै, प्रयोगमा नआएका मोटरसाइकलको पनि लगत कट्टा गर्न सकिने भएको छ। यसमा पनि जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।

सम्बन्धित खबर