LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौँ,  ।आगामी फागुनभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षको जरिवाना तिर्नु नपर्ने भएको छ।बिहिबार यातायात व्यवस्था कार्यालय, काठमाडौंले एक सूचना प्रकाशित गर्दै मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ।यातायात व्यवस्था कार्यालयले भनेको छ, ‘२०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेकाले विगत आर्थिक वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरूले उक्त व्यवस्थाको लाभ लिनहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरूको कर जरिवाना तथा नविकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ।’त्यस्तै, प्रयोगमा नआएका मोटरसाइकलको पनि लगत कट्टा गर्न सकिने भएको छ। यसमा पनि जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।

सम्बन्धित खबर