LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर रू. ७८ अर्ब २३ करोडभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यी कम्पनीहरूले यस वर्ष यस्तो कर्जा गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढी प्रवाह गरेका छन् । गत वर्ष यस अवधिसम्म बीमालेख कर्जा रू. ५७ अर्ब १२ करोडभन्दा बढी मात्र प्रवाह भएको थियो ।

१८ कम्पनीहरूमध्ये नेपाल लाइफले सबैभन्दा बढी बीमालेख कर्जा प्रवाह गरेको छ । कम्पनीको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा बीमालेख धितोमा रू. २७ अर्ब ८९ करोडभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ । गत वर्ष यस अवधिसम्म नेपाल लाइफले यो कर्जा रू. २१ अर्ब ६७ करोडभन्दा बढी प्रवाह गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष नेपाल लाइफले यस्तो कर्जा २८ दशमलव ६९ प्रतिशत बढी प्रवाह गरेको छ ।

गत वर्षभन्दा यस वर्ष सबै कम्पनीहरूले बीमालेख धितो कर्जा बढाएर लगानी गरेका छन् । बीमालेख कर्जा वृद्धिको हिसाबमा सूर्यज्योति लाइफको सबैभन्दा बढी देखिन्छ । साविक सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भई गत पुस ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् । गत वर्षको दोस्रो त्रैमाससम्म सूर्याज्योति लाइफले रू. १ अर्ब ४७ करोड २३ लाखभन्दा बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको थियो । यस वर्ष यो रकम रू. ३ अर्ब २९ करोड ८९ लाखभन्दा बढी पुगेको छ ।

यस वर्ष रिलायन्स लाइफले पनि १२४ प्रतिशत बढी यो कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. २८ करोड ७ लाख ६ हजार बीमालेख धितो कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड ८७ लाखभन्दा बढी यो कर्जा प्रवाह गरेको छ । रकमको हिसाबमा रिलायबल नेपाल लाइफले सबैभन्दा कम रू. २१ करोड ५० लाख बीमा लेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड ७१ लाखभन्दा बढी यो कर्जा प्रवाह गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले १२१ दशमलव २४ प्रतिशत बढी बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

जीवन बीमा गरेका बिमितहरूले आफ्नो बीमालेख धितो राखेर यो कर्जा लिन सक्ने व्यवस्था छ । जीवन बीमा कम्पनीहरूले बिमितहरूले न्यूनतम वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गरिसकेपछिको सरेन्डर भ्यालुको ९० प्रतिशतसम्म बीमालेख धितोकर्जा प्रवाह गर्दै आएका छन् । बिनाझन्झट बैंक तथा वित्तीय संस्थाको भन्दा कम ब्याजदरमा बीमालेख धितोकर्जा प्रदान गर्दै आएको दाबी कम्पनीहरूले गरेका छन् । आफ्नो बीमा रकमको तीन किस्ता बीमा शुल्क भुक्तानी गरिसकेका बिमितहरूले सहज तरिकाले यो कर्जा पाउने गरेका छन् ।

यो कर्जा लिएपछि आफ्नो बीमाको अवधिभर जुनसुकै समयमा पनि साँवा भुक्तानी गर्न पाइने भएकाले समयको पर्याप्तता हुन्छ । बीमालेख धितो कर्जाबापतको ब्याज भने प्रत्येक ६ महिनामा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । यदि बिमितले बीमा अवधिभर उक्त कर्जा भुक्तानी गर्न नसकेमा कम्पनीले बीमा रकमबाटै कर्जाबापतको रकम असुल्न सक्छ । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो कर्जा अधिकतम १२ प्रतिशत ब्याजदरमा प्रदान गर्दै आएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर