LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । इस्लाम धर्माबलम्बीहरुले आज शनिवार महान चाड ईल उल फित्र(ईद) धुमधामका साथ मनाईदै छ ।
शुक्रवार साँझ चन्द्रमा मुस्लिम सामुदायले देखिएपछि शनिवार महान चाड ईदु उल फित्र (ईद) मनाएका हुन । जनकपुरधामका मुस्लिम सामुदायहरुले शनिवार नजिकको इर्दगाहमा गएर ईद उल फित्रमा नमाज पढेका हुन् । जनकपुरधाम –८ स्थित पुरानो इर्दगहामा जनकपुरधामका मेयर मनोज कुमार साह पुगेर सबै ईस्लाम धर्मावलम्बीहरुलाई ईदका शुभकामना दिएका थिए । ईदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरि ईद मुबारक भन्दै शुभकामना दिनएका थिए ।


यता, शनिवार नै नेपालसहित नेपाल, भारत, पाकिस्तान, वंलादेश लगायतका मुलुकहरुमा मुस्लिम सामुदायले एकैसाथ ईद पर्व मनाईने मौलना मोफति अहमद हुसेनले जानकारि दिए । ईस्लामिक महिना रमजानको अन्तिम दिन शुक्रवार साँझ चन्द्रमाँ देखिएपछि एक महिनादेखि रोज(ब्रत) बस्दै आएका मुस्लिम सामुदायहरुमा ईदको रौनक छाएको छ । इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिर्वाय प्रवधान रहेको छ ।

ईदमा सवैई(खानेकुरा), खिर तथा अन्य मिठो परिका खानपनि गर्ने गरिन्छ । त्यस्तै इदको लागि मुस्लिम सामुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमहानगरपलिकाका पुर्व मेयर तथा राजनितिकर्मि असगर अलिले भने,‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा लगाउनु जरुरी छन् तर गरिव, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा कपडालत्ता तथा खानपनिको लागि समाग्रीहरु सहयोग गरिदिने प्रवधान रहेको छ ।’


इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको कमिकजोरि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको रकम अनिर्वाय रुपमा मदरसा तथा गरिवमा दान गनुपर्ने प्रवधान रहेको छ ।

 

सम्बन्धित खबर