LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । इस्लाम धर्माबलम्बीहरुले आज शनिवार महान चाड ईल उल फित्र(ईद) धुमधामका साथ मनाईदै छ ।
शुक्रवार साँझ चन्द्रमा मुस्लिम सामुदायले देखिएपछि शनिवार महान चाड ईदु उल फित्र (ईद) मनाएका हुन । जनकपुरधामका मुस्लिम सामुदायहरुले शनिवार नजिकको इर्दगाहमा गएर ईद उल फित्रमा नमाज पढेका हुन् । जनकपुरधाम –८ स्थित पुरानो इर्दगहामा जनकपुरधामका मेयर मनोज कुमार साह पुगेर सबै ईस्लाम धर्मावलम्बीहरुलाई ईदका शुभकामना दिएका थिए । ईदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरि ईद मुबारक भन्दै शुभकामना दिनएका थिए ।


यता, शनिवार नै नेपालसहित नेपाल, भारत, पाकिस्तान, वंलादेश लगायतका मुलुकहरुमा मुस्लिम सामुदायले एकैसाथ ईद पर्व मनाईने मौलना मोफति अहमद हुसेनले जानकारि दिए । ईस्लामिक महिना रमजानको अन्तिम दिन शुक्रवार साँझ चन्द्रमाँ देखिएपछि एक महिनादेखि रोज(ब्रत) बस्दै आएका मुस्लिम सामुदायहरुमा ईदको रौनक छाएको छ । इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिर्वाय प्रवधान रहेको छ ।

ईदमा सवैई(खानेकुरा), खिर तथा अन्य मिठो परिका खानपनि गर्ने गरिन्छ । त्यस्तै इदको लागि मुस्लिम सामुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमहानगरपलिकाका पुर्व मेयर तथा राजनितिकर्मि असगर अलिले भने,‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा लगाउनु जरुरी छन् तर गरिव, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा कपडालत्ता तथा खानपनिको लागि समाग्रीहरु सहयोग गरिदिने प्रवधान रहेको छ ।’


इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको कमिकजोरि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको रकम अनिर्वाय रुपमा मदरसा तथा गरिवमा दान गनुपर्ने प्रवधान रहेको छ ।

 

सम्बन्धित खबर