LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमवार विहान जानकी मन्दिरमा पुजाअर्चना गरेका छन् ।
नेपाली सेनाको विशेष विमानबाट सोमवार साढे ८ जने जनकपुरधाम आईपुगेका राष्ट्रपति पौडेल जानकी मन्दिरमा बिशेष पुजापाठ गरेका हुन् । जानाकी मन्दिरका महन्त रामतपेश्वर दास सहितका मधेश प्रदेश सरकारले राष्ट्रपति पौडेललाई बिशेष स्वागत गरेको छ । करिव आधा घण्टा सम्म जानकी मन्दिरमा पुजाअर्चना गरेका राष्ट्रपति पौडेल अहिले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको विशेष चियापान कार्यक्रममा सहभागि भएका छन् ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, तथा मधेश प्रदेश सरकारमा भौतिक पुर्वाधार मन्त्री कृष्णा यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह, उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव जनकपुर बिमानस्थलमा पुगेका थिए । पुजापाठको क्रममा राष्ट्रपति पौडेललाई स्वागत गर्न नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी सहितका सहभागिता रहेको थियो ।
दिउँसो १ राष्ट्रपति पौडेलले नेपाल सरकारको १२ करोडको लागनीमा जनकपुरधामा निर्मित महेन्द्र नारायण निधी मिथिला र्साँस्कृति भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भवनमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागगिरक अभिनन्दन कार्यक्रम पश्चात जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकले आयोजना गर्ने दिवास खाजा कार्यक्रममा सरिक पश्चात आजै तीन बजे उनी काठमाण्डौ फर्केने कार्यक्रम रहेको जनकपुरधाममा मेयर मनोज कुमार साहले बताए ।

सम्बन्धित खबर