LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमवार विहान जानकी मन्दिरमा पुजाअर्चना गरेका छन् ।
नेपाली सेनाको विशेष विमानबाट सोमवार साढे ८ जने जनकपुरधाम आईपुगेका राष्ट्रपति पौडेल जानकी मन्दिरमा बिशेष पुजापाठ गरेका हुन् । जानाकी मन्दिरका महन्त रामतपेश्वर दास सहितका मधेश प्रदेश सरकारले राष्ट्रपति पौडेललाई बिशेष स्वागत गरेको छ । करिव आधा घण्टा सम्म जानकी मन्दिरमा पुजाअर्चना गरेका राष्ट्रपति पौडेल अहिले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको विशेष चियापान कार्यक्रममा सहभागि भएका छन् ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, तथा मधेश प्रदेश सरकारमा भौतिक पुर्वाधार मन्त्री कृष्णा यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह, उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव जनकपुर बिमानस्थलमा पुगेका थिए । पुजापाठको क्रममा राष्ट्रपति पौडेललाई स्वागत गर्न नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी सहितका सहभागिता रहेको थियो ।
दिउँसो १ राष्ट्रपति पौडेलले नेपाल सरकारको १२ करोडको लागनीमा जनकपुरधामा निर्मित महेन्द्र नारायण निधी मिथिला र्साँस्कृति भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भवनमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागगिरक अभिनन्दन कार्यक्रम पश्चात जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकले आयोजना गर्ने दिवास खाजा कार्यक्रममा सरिक पश्चात आजै तीन बजे उनी काठमाण्डौ फर्केने कार्यक्रम रहेको जनकपुरधाममा मेयर मनोज कुमार साहले बताए ।

सम्बन्धित खबर