LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी तत्वहरू मधेशमा पछिल्ला केही दिनयता धार्मिक सद्भावमा खलल पुर्‍याउन उद्यत देखिएको बताएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा स्थानीय मुस्लिम सामुदायले तिरहुतिया गाछीमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो धारणा राखेका हुन् ।

संघीयता विरोधी तत्वहरूले मुलुकमा धार्मिक द्वन्द्व बढाएर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षालाई समाप्त गर्न षडयन्त्र गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले भने, ‘संघीय सरकारले प्रहरी प्रशासन आफैँसँग राखेर पनि यस्ता तत्वहरूलाई समयमा कारवाही नगर्दा उनीहरूको मनोबल बढ्दै गएको छ । यस्ता उच्छृखल तत्वमाथि कारवाहीमा ढिलासुस्ती गर्दा मानवीय तथा भौतिक सम्पत्तिको क्षति भइरहेको छ ।’

‘मधेश प्रदेशवासी आपसमा धार्मिक सद्भाव, अमनचयन र भाइचारा चाहेका छन्’, मुख्यमन्त्री यादवले भने, ‘यसलाई कसैले बिग्रान सक्दैन । तर यस्ता नकरात्मक सोचका व्यक्तिहरूबाट सचेत रहन आवश्यक छ ।’ मुलुकको हरेक परिवर्तनमा मुस्लिम सामुदायको उल्लेखनीय योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले आफ्नो सरकारले चाडै नै मदरसा शिक्षालाई व्यवस्थित र मूलधारको शिक्षामा समावेश गराउन आवश्यक कानुन ल्याउने बताए ।

कार्यक्रममा, नेकपा एमाले नेतृ जुलि कुमारी महतोले हजरत मोहम्मदले महिलासहित समाजिक न्यायमा ठूलै क्रान्ति ल्याएको बताइन् । धार्मिक सद्भाव र भाइचाराले मात्रै मुलुक विकास र सम्वृद्धितर्फ अगाडि बढ्ने उनले बताईन ।

मौलना इजरायल अहमद रिजवीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुनमन्त्री मोहम्मद समिमले समाजमा कुनै प्रकारको धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्य नगर्न सबैसँग अपिल गरे । धार्मिक सद्भाव, भाइचारा तथा संविधानले वर्जित गरेका कुनै पनि काम गरेको खण्डमा राज्यले यस्ता व्यक्तिलाई आवश्यक कारवाही गर्ने बताए ।

कार्यक्रम पश्चात जनकपुरधाममा मुस्लिम सामुदायले शान्ति र्‍याली निकालेको थियो । इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लाहुवलैहेवसल्मको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’ को अवसरमा जनकपुरधाममा शान्ति र्‍याली निकालिएको हो ।

‘मोहम्मद डे’ को अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो । विश्वका विभिन्न देशहरूमा  इस्लाम धर्मावलम्बीहरूले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउँदै आएका छन् ।

इस्लाम धर्मको अन्तिम पैगम्बरको रुपमा हजरत मोहम्मदको जन्म इसापूर्व ५७१,२० अप्रिल अर्थात इस्लामिक तिथि अनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक साउदीको मक्कामा भएको थियो ।

हजरत मोहम्म्द पैगम्बरले तत्कालीन समाजमा रहेका विभिन्न विकृतिविरुद्ध अभियान थालेको र उनको अभियानलाई विश्वभरिमा आत्मसाथ गरिएको इस्लाम धर्मगुरुहरूको भनाइ छ ।

हजरत मोहम्मदले समाजमा हुने हत्याहिंसा, उत्पीडन, महिला पुरुषबीच हुने विभेद, अशिक्षाविरुद्ध संघर्ष गरी समाजमा सामाजिक न्याय, भाइचाराका स्थापित गरेका थिए । मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाको बर्दाहा र मटिहानी बजारमा विहिवार मुस्लिम सामुदायले निकालेको शान्ति र्‍याली

सम्बन्धित खबर