LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

फाएजा फहमीदा
जनकपुरधाम । मिथिलामा प्रसिद्ध रहेका जितिया पर्व आज हिन्दु समुदायका विवाहित महिलाहरूले तलाउ तथा पोखरीम स्नान गरी मनाएका छन्  । पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै व्रतालु महिलाहरूले यो पर्व मनाउने गर्छन् । जितिया पर्वको अवसरमा जनकपुरधामको गंगासागर, धनुष सागर, अरगजा पोखरीमा नुहाइधुवाई गर्ने व्रतालु महिलाहरूको भिड लागेको छ ।

पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइने चलन रहेको छ । पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु गर्छन् । व्रतालु महिलाहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गर्ने चलन रहेको छ ।

पुजजापछि व्रतालु महिलाले कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ  । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ  । जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने चलन रहेको जनकपुरधाम उपमहानगरपालिका –७ बस्ने राधिका साहले बताइन् ।

अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएपछि जितिया पर्व सम्पन्न हुन्छ ।

सम्बन्धित खबर