LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

फाएजा फहमीदा
जनकपुरधाम । मिथिलामा प्रसिद्ध रहेका जितिया पर्व आज हिन्दु समुदायका विवाहित महिलाहरूले तलाउ तथा पोखरीम स्नान गरी मनाएका छन्  । पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै व्रतालु महिलाहरूले यो पर्व मनाउने गर्छन् । जितिया पर्वको अवसरमा जनकपुरधामको गंगासागर, धनुष सागर, अरगजा पोखरीमा नुहाइधुवाई गर्ने व्रतालु महिलाहरूको भिड लागेको छ ।

पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइने चलन रहेको छ । पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु गर्छन् । व्रतालु महिलाहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गर्ने चलन रहेको छ ।

पुजजापछि व्रतालु महिलाले कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ  । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ  । जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने चलन रहेको जनकपुरधाम उपमहानगरपालिका –७ बस्ने राधिका साहले बताइन् ।

अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएपछि जितिया पर्व सम्पन्न हुन्छ ।

सम्बन्धित खबर