LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

 

जनकपुरधाम । इस्लामिक महिना रामजानको २४ औ रोजा पुरा भएको अवसरमा जनकपुरधाममा सामुहिक वृहत्त वइफ्तार कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय मुस्लिम परिषद नेपालले विहिवार जनकपुरधाममा सामुहिक इफ्तार कार्यक्रमको आयोजना गरेको छ । इफ्तार कार्यक्रममा करिव ५ सय मुस्लिम सामुदायले एकसाथ रोजा(व्रत) खोलेको छ । इस्लाम धर्म अनुसार सामुहिक रोजा खोल्दा सबाब(पुण्य) प्राप्ती तथा एकआपसमा भाईचार बढ्ने जनविश्वास रहेको छ ।

इफ्तार कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाजिक विकास मन्त्री सुरिता साह, खानेपानी तथा सिचाई राज्यमन्त्री अबुल कलाम अजाद(फुलबाबु), मधेश प्रदेशका मुख्यन्यायधिवक्ता, मधेश प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्ष इश्वर कार्की सहितको सहभागिता रहेको थियो ।

मुस्लिम परिषदका अध्यक्ष मोसाहिद हुसेनले इफ्तार कार्यक्रममा धनुषा, महोतरी लगायतका जिल्लाका करिव ५ सय व्यक्तिलाई सहभागि भएको बताए । इफ्तार कार्यक्रम अघि मुस्लिम सामुदायले नेपाल, नेपाली जनता, प्लेसटिनी जनता तथा विश्व मानव कल्यणको लागि सामुहिक दुवा गरेका थिए । रामजान इस्लामिक महिनाको ९ औ महिना हो । यो महिनामा मुस्लिम सामुदाय दैनिक रुपमा रोजा बस्ने गर्छन् ।

सम्बन्धित खबर