LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

 

जनकपुरधाम । इस्लामिक महिना रामजानको २४ औ रोजा पुरा भएको अवसरमा जनकपुरधाममा सामुहिक वृहत्त वइफ्तार कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय मुस्लिम परिषद नेपालले विहिवार जनकपुरधाममा सामुहिक इफ्तार कार्यक्रमको आयोजना गरेको छ । इफ्तार कार्यक्रममा करिव ५ सय मुस्लिम सामुदायले एकसाथ रोजा(व्रत) खोलेको छ । इस्लाम धर्म अनुसार सामुहिक रोजा खोल्दा सबाब(पुण्य) प्राप्ती तथा एकआपसमा भाईचार बढ्ने जनविश्वास रहेको छ ।

इफ्तार कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाजिक विकास मन्त्री सुरिता साह, खानेपानी तथा सिचाई राज्यमन्त्री अबुल कलाम अजाद(फुलबाबु), मधेश प्रदेशका मुख्यन्यायधिवक्ता, मधेश प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्ष इश्वर कार्की सहितको सहभागिता रहेको थियो ।

मुस्लिम परिषदका अध्यक्ष मोसाहिद हुसेनले इफ्तार कार्यक्रममा धनुषा, महोतरी लगायतका जिल्लाका करिव ५ सय व्यक्तिलाई सहभागि भएको बताए । इफ्तार कार्यक्रम अघि मुस्लिम सामुदायले नेपाल, नेपाली जनता, प्लेसटिनी जनता तथा विश्व मानव कल्यणको लागि सामुहिक दुवा गरेका थिए । रामजान इस्लामिक महिनाको ९ औ महिना हो । यो महिनामा मुस्लिम सामुदाय दैनिक रुपमा रोजा बस्ने गर्छन् ।

सम्बन्धित खबर