LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसहमत पारित भएको छ ।

३१ पृष्ठको राजनीति प्रतिवेदनमा आएका सुझावहरुलाई समेटर संसोधन गर्ने जनाएपछि अध्यक्ष यादवको राजनीतिक प्रतिवेदन पारित भएको हहो । अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशन अन्तर्गतको बन्द सत्रमा १० वटा समुह बनाई छलफल गरिएको थियो । ति समुहरुले दिएको सुझावलाई समेटर प्रतिवेदन संसोधन गर्ने जनाएपछि प्रतिवेदन पारित भएको पार्टीका महाधिवेशन प्रतिनिधी रामअशिष यादवले बताए ।

त्यसैगरी, महाधिवेशनको बन्द सत्रमा पुर्व मन्त्री विजय यादवले प्रस्तुत गरेको पार्टीको आय–ब्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेश नारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परिक्षण पनि सर्व सम्मतले पारित भएको उनले बताए ।
त्यसैगरि, महाधिवेशनको बन्द सत्रमा पार्टीको नारामा पहिचान शब्द जोडनुपर्ने, पार्टीको अधार क्षेत्र मधेश किटान गरि देशभरि संगठन निर्माण गर्नुपर्ने सुझाव आएको छ ।

त्यसैगरि, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन पार्टीले ठोस नीति र पहलकदमी लिनुपर्ने, जसपा नेपाललाई मात्रै विरोध गर्ने जनमतलाई सत्रु दलको रुपमाघोषणा गर्ने सुझाव आएको छ । लोसपासहित विचार मिल्ने पार्टीसँग एकता गर्ने सहितका सुझाव आएको उनले बताए ।

महाधिवेशनबाट राजनीतिक, आर्थिक प्रतिवेदन पारित भएपछि अव भोली बुधवारदेखि पदाधिकारी तथा कार्यकारणि सदस्य चयन प्रक्रिया सुरु हुने छ ।
अध्यक्षमा सर्वसहमति हुने सम्भावना, पदाधिकारीमा रस्साकस्सी
महाविधेशबाट २० पदाधिकारीसहित २०१ जना केन्द्रिय सदस्य र कार्यकारिणी सदस्य छनौट प्रक्रिया सुरु हुने छ ।

महाधिवेशबाट अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।
अध्यक्षमा उपेन्द्र सर्वसहमति हुने सम्भावना प्रबल देखिएपनि पदाधिकारीमा भने रस्साकस्सी देखिएको छ । राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी नदिए सहअध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ । सो पदमा पुर्व मुख्यन्त्री लालबाबु राउत,रकम चोङ्गजोङ्ग, विजय यादव लगायतका अकांक्षि देखिएका छन् ।

त्यसैगरि, उपाध्यक्षमा अहिले सम्म कुनै उम्मेदवार खुल्न सकेको छैन । तर पार्टी भित्र उपाध्यमा हरिनारयण यादव, पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, शिवलाल थापा,सुमन चौधरी, किशेरी यादव, , रामअवतार यादव, उर्मिला साह, रेखा यादव,सहितका आकंक्षी देखिएका छन् ।
महासचिवमा दिपक कार्की, रामकुमार शर्मा, प्रकाश अधिकारी र विजय यादवको चर्चा छ । सहमहासचिव शैलेन्द्र प्रसाद साह, योगेन्द्र यादव, सर्शराम यादव, निर्मला यादव लगायतका अकांक्षी देखिएका छन् ।

सचिवमा डा.सुरेन्द्र यादव, सरोज कुमार सिंह कुश्वाहा, ज्ञानेन्द्र कुमार यादव, जितेन्द्र यादव, रामअशिष यादव लगातयका अकांक्षी देखिएको छ । त्यसैगरि, कोषाध्यक्ष बलराम महतो, प्रमिला यादव लगायतका अकांक्षी देखिएको नेताहरु बताउँछन् ।

सम्बन्धित खबर