LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशन पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको सर्वसम्मति गठन गर्ने अधिकार अध्यक्ष उपेन्द्रलाई दिदै सम्पन्न भएको छ ।

महाधिवेशनमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रिय कार्यसमितिको लागि ३७२ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष यादवको विपक्षमा कसैले उम्मेदवारी नदिएपछि उनी बुधवार नै निर्विरोध निर्वाचित भएका थिए । बाँकी पदमा बुधवार विहान ९ बजेदेखि सहमति खोज्ने प्रयास भएको थियो । तर आकांक्षी बढी रहेकोले तत्काल सहमति हुने सम्भावना नदेखेपछि अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधी तथा उम्मेदवारलाई सम्बोधन गरेका थिए ।

सम्बोधनमा अध्यक्ष यादवले वर्तमान परिवेशना सर्वसहमति पदाधिकारी छनौटको विकल्प नरहेकोले त्यसमा सहयोग गर्न आग्रहा गरे । निर्वाचन पक्रियाबाट खण्डमा सक्षम,समावेशी तथा क्रियाशिल टिम बन्न नसक्ने भएकोले भन्दै अध्यक्ष यादवले सर्वसहमतिमै पदाधिकारी र सदस्यहरु टुंगो लगाउनुपर्ने भएकोले तपाईहरुको सहयोग आवश्यक रहेको प्रस्ताव राखेका थिए । त्यसपछि अध्यक्ष यादवको प्रस्तावलाई स्वीकार गर्दै सबै उम्मेदवारहरुले आफ्ना उम्मेदवारी त्याग गर्न सहमत भएका थिए ।

केन्द्रिय कमिटि छनौट गर्ने सम्पुर्ण अधिकार अध्यक्ष यादवलाई दिदै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता तथा प्रदेश सासद मनिष सुनमले बताए । पार्टी विभाजनको एक महिना पछि नै महाधिवेशन भएको र यस्तो अवस्थामा पार्टीका सक्रिय नेता तथा समक्ष नेता हारेको खण्डमा पार्टीलाई क्षति पुग्ने उदेश्यले अध्यक्ष यादव आफ्नो हातमा अधिकार लिएको बताईएको छ ।

सम्बन्धित खबर