जनकपुरधाम । मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निमित प्रमुख दिलिप ठाकुरको स्वार्थका कारण प्रदेशका ६४ वटा विद्यालयको गुणस्तर शिक्षाको लागि ल्याएको करोडौको योजनाको फ्रिज हुने अवस्थामा पुगेको छ ।
आधुनिक तथा गुणस्तरीय शिक्षा दिने उदेश्यले मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न ६४ वटा विद्यालयको लागि डिजिटल उपकरण र प्रोजेक्टर खरिद गर्न करिव १० करोड ४० लाख रकम शिक्षा विकास निर्देशनालयलाई बिनियोजन गरेको थियो ।
चालु आर्थिक वषएको उक्त योजना कार्यालयको लागि तत्कालिन निर्देशक चुडामनि फुयालले ११ चैतमा ठेक्का नम्वर EDDMP/NCB/GOODS/080/081/01 अनुसार बोलपत्र आह्वान गरेका थिए । तर निर्देशक फुयालको बढुवा भई अन्त सरुवा भएपछि ठाकुर निर्देशकको रुपमा निर्देशनालयमा हाजिर भए । ठाकुरले पनि सो टेण्डरमा दुई वटा मात्रै कम्पनीले टेण्डर भरेका थिए ।
२७ बैशाखमा खुलेको टेण्डरको प्राविधिक प्रस्तावमा प्राइम सफ्ट सर्भिसेज प्रालिले मात्रै प्राविधिक प्रस्तावमा पास भए । प्राविधिक प्रस्तावमा पास भएको भन्दै भन्दै निर्देशनालयले २७ बैशाखमा प्राईम सप्ट सर्भिसेजलाई पत्र पठाई पास भएको आर्थिक प्रस्ताव ३० बैशाखमा खोल्न भनेर जानकारी गरायो ।
यता, प्राविधि र आर्थिक प्रस्तावमा आफ्नो कम्पनी छनौट भएकोले आफुहरु नै ठेके पाउनेमा प्राइम सफ्ट सर्भिसेज प्रालि ढुक थियो । तर निर्देशक ठाकुरले सम्झौता र कार्यदेश दिनु साट्टो ४६ दिनपछि आफुहरुलाई कुनै जानकारी नै नगराई अचानक ठेक्का नै रद्द गरेको सुचना प्रकासित गरेपछि आफुहरु आफुहरु बिच्चलीमा परेको मा प्राइम सफ्ट सर्भिसेज प्रालिका यज्ञ न्यौपानेले जानकारी दिए ।
न्यौपानेले भने, ‘प्राविधिक र आर्थिक टेन्डर परेपछि म करिव १० करोडको समान पनि मगाई सकेको छु, तर निर्देशक ठाकुर आफनो मान्छेलाई नपर्ने देखेपछि अहिले ठेक्कानै रद्द गर्ने काम गर्न लागिपरेको देखियो ।’
निर्देशनालय प्रमुख ठाकुरको भाईको चासो रहेको ठेकेदार कम्पनीलाई योजना अन्तर्गत विद्यालयहरुमा वितरण गर्नका लागि किन्नुपर्ने प्रोजेक्टर र डिजिटर उपकरण सहितको सरसमान उपलब्धताको ठेक्का नपर्ने देखेपछि ठाकुरले ठेक्का प्रक्रिया रद्द गर्ने सुचना जारी गरेको न्यौपानेले आरोप लगाए ।
ठेक्का प्रक्रियामा कुनै कम्पनीको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भईसकेपछि ठेक्का रद्द गर्ने कुनै पनि कानुनी बाटो नरहेको, मन्त्रालयका सचिव, मन्त्री, धनुषाका प्रमुख जिल्ला अधिकारी सहितकाले समेत प्रक्रिया अनुसार योजना अगाडि बढाउन निर्देशन दिदा समेत निर्देशक ठाकुर बलजफदी ठेक्का रद्द गरेको उनीहरुको भनाई छ ।
निर्देशक ठाकुरको क्रियाकलापले आफुहरु ठुलो आर्थिक नोक्सानीमा परेको भन्दै उनले आफुहरु न्यायको लागि अदालत जाने चेतावनी समेत दिए ।