LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भातृ संगठन नेपाल समाजवादी मुस्लिम संघको संजोजकमा इदरीस राईनलाई सर्वसहमति चयन गरिएको छ ।


शनिवार काठमाण्डौमा भएको नेपाल समाजवादी मुस्लिम संघको दोस्रो भेलाबाट राईनको संजोजकमा चयन गरिएको हो । भेलाबाट राईनको संयोजकत्वमा संघको ९ सदस्य सचिवालय कमिटि र ५१ सदस्यीय केन्द्रिय कार्यसमिति समिति समेत गठन गरिएको छ । सो अवसरमा पर्साका जसपा पार्टीका युवा नेता अजाज हुसेन मुकेरी र बर्दियाका सुदिप यादव पार्टी परित्याग गरि नेपाल समाजवादी पार्टीका प्रवेश गरेका छन् ।


उनीहरुलाई नेपाल समाजवादी पार्टीका सहअध्यक्ष दुर्गा सोम, पार्टी सचिव इश्वर रिजाल, नेपाल समाजवादी मुस्लिम संघका इन्चार्ज अब्दुल मोबिन खानले पार्टीका स्वागत गरेका थिए ।

प्रदेश सभा प्रत्यासी समेत रहेका संयोजकत्व राईन लामो समयदेखि राजनीतिमा सक्रिय रहेका छन् । संयोजकको जिम्मेवारी पछि नेता राईनले देशभरि नेपाल समाजवादी मुस्लिम संघको संगठन विस्तार गर्ने बताए ।

सम्बन्धित खबर