LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भातृ संगठन नेपाल समाजवादी मुस्लिम संघको संजोजकमा इदरीस राईनलाई सर्वसहमति चयन गरिएको छ ।


शनिवार काठमाण्डौमा भएको नेपाल समाजवादी मुस्लिम संघको दोस्रो भेलाबाट राईनको संजोजकमा चयन गरिएको हो । भेलाबाट राईनको संयोजकत्वमा संघको ९ सदस्य सचिवालय कमिटि र ५१ सदस्यीय केन्द्रिय कार्यसमिति समिति समेत गठन गरिएको छ । सो अवसरमा पर्साका जसपा पार्टीका युवा नेता अजाज हुसेन मुकेरी र बर्दियाका सुदिप यादव पार्टी परित्याग गरि नेपाल समाजवादी पार्टीका प्रवेश गरेका छन् ।


उनीहरुलाई नेपाल समाजवादी पार्टीका सहअध्यक्ष दुर्गा सोम, पार्टी सचिव इश्वर रिजाल, नेपाल समाजवादी मुस्लिम संघका इन्चार्ज अब्दुल मोबिन खानले पार्टीका स्वागत गरेका थिए ।

प्रदेश सभा प्रत्यासी समेत रहेका संयोजकत्व राईन लामो समयदेखि राजनीतिमा सक्रिय रहेका छन् । संयोजकको जिम्मेवारी पछि नेता राईनले देशभरि नेपाल समाजवादी मुस्लिम संघको संगठन विस्तार गर्ने बताए ।

सम्बन्धित खबर