LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । मिथिला क्षेत्रका चर्चित वरिष्ठ शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आईतवार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ ।
शास्त्रीय संगीत साधक गुरुदेव कामतको निधनमा मुख्यमन्त्री सतिश कुमार सिंहले शोक व्यतव निकाल्दै आईतवार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेका हुन् । मुख्यमन्त्री सिंहले शोक वक्तवयमा कामतको शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना व्यक्त गर्दै गुरुदेवप्रति श्रद्र्धाञ्जली व्यक्त गरेका छन् ।

मिर्गौला सम्बन्धि समस्याले पीडित गायक कामतको बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित कामतको पुख्र्यौली घरमै निधन भएको हो । मैथिलीसहित विभिन्न नेपाली गीतहरुमा संगीत दिएका कामत नेपाली संगीत क्षेत्रमा निकै उचाइ पाएका व्यक्तित्व हुन् ।
शास्त्रीय संगीत साधकको पहिचान बनाएका गुरुदेवको गत चैतमा दुवै मिर्गौलामा समस्या देखिएको थियो । तर अर्थको अभावको कारण परपर्दो उपचार हुन नसक्दा उनको निधन भएको परिवारजनले जनाएको छ ।


संगीतको क्षेत्रका आफ्ना जीवन नै सर्मिप्त गरेको गुरुदेवको उपचारमा संघ, प्रदेश स्थानीय तह मध्ये कुनै निकायबाट एक सुको आर्थिक सहयोग भएन । न त मैथिली क्षेत्रमा काम गर्ने कुनै संघ संस्था नै गुरुदेव कामतको उपचारको लागि सहयोग गरे ।
यहाँ सम्मकी जीवन र मृत्युको बीचमा संघर्ष गरिरहेका कामतले आफुले मधेश सरकार मातहत रहेका मधेश प्रज्ञा प्रतिष्ठानको कार्य गराएको पैसा पनि दिएनन् । उक्त पैसाको लागि गुरुदेव कामतले पटक– पटक प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीलाई अनुरोध गर्दा पनि उनले काम गरे वापतको एक लाख रुपैयाँ पठाएनन् ।

काम गराएपनि पैसा नदिएको र अर्थकै अभावमा गुरुदेवको निधनको भएको खबर सार्वजनिक भएपछि सर्वसधारणले समाजिक संचालमा प्रतिष्ठानको अध्यक्ष कापडीको चर्को आलोचना गरिरहेका छन् ।
शास्त्रीय संगीतका साधक गुरुदेवको निधनले मैथिली गीत संगीतको क्षेत्रमा अपुर्ण क्षति भएको भन्दै सर्वसधारणले प्रतिष्ठानका अध्यक्ष कापडीको नैतिकताको अधारमा राजिनामा दिनुपर्ने माग गरिरहेका छन् ।

गुरुदेव जस्तो प्रसिद्ध शास्त्रीय संगीतका साधकको उपचारमा प्रदेश सरकारले कुनै आर्थिक सहयोग नगरेकोमा सर्वसधारण प्रदेश सरकारको पनि आलोचना गरेका छन् ।

सम्बन्धित खबर