LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चौथो पटक सरकार विस्तार गरेका छन् ।

मंगलवार मुख्यमन्त्री सिंह सत्तासाझेदार दलसहितबाट ५ जना राज्यमन्त्री थप परेका छन् । यो सँगै मधेश प्रदेश सरकार २० सदस्यीय पुगेको छ ।जुन अहिले सम्मकै उच्च संख्याको रहेको छ ।
मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ जना र जनमत, नेकपा एमाले र लोसपाबाट १÷१ गरी पाँच राज्यमन्त्री थप गरेका छन् । काँग्रेसबाट भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर र उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रीमा निलम रजकलाई नियुक्त गरेका छन् ।

त्यसैगरि, लोसपाबाट शिक्षा तथा साँस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा सम्भु साहलाई नियुक्त गरिएको छ ।

त्यसैगरि, नेकपा एमालेबाट भौतिक पुर्वाधार विकास राज्यमन्त्रीबाट मोहम्मद जयद आलमलाई नियुक्त गरिएको छ । उनी यस अघि प्रदेशकै मन्त्री भएका नियुक्त भएका थिए ।

उनीहरुलाई मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनियताको सपथ गराएका हुन् । यसअघि नेकपा एमालेबाट दुई जना राज्यमन्त्री भईसकेका छन् । मधेशमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छ ।

सम्बन्धित खबर