LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चौथो पटक सरकार विस्तार गरेका छन् ।

मंगलवार मुख्यमन्त्री सिंह सत्तासाझेदार दलसहितबाट ५ जना राज्यमन्त्री थप परेका छन् । यो सँगै मधेश प्रदेश सरकार २० सदस्यीय पुगेको छ ।जुन अहिले सम्मकै उच्च संख्याको रहेको छ ।
मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ जना र जनमत, नेकपा एमाले र लोसपाबाट १÷१ गरी पाँच राज्यमन्त्री थप गरेका छन् । काँग्रेसबाट भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर र उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रीमा निलम रजकलाई नियुक्त गरेका छन् ।

त्यसैगरि, लोसपाबाट शिक्षा तथा साँस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा सम्भु साहलाई नियुक्त गरिएको छ ।

त्यसैगरि, नेकपा एमालेबाट भौतिक पुर्वाधार विकास राज्यमन्त्रीबाट मोहम्मद जयद आलमलाई नियुक्त गरिएको छ । उनी यस अघि प्रदेशकै मन्त्री भएका नियुक्त भएका थिए ।

उनीहरुलाई मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनियताको सपथ गराएका हुन् । यसअघि नेकपा एमालेबाट दुई जना राज्यमन्त्री भईसकेका छन् । मधेशमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छ ।

सम्बन्धित खबर