LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

धनुषा–सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने माग राख्दै इन्जिनियरहरुले गठन गरेको संघर्ष समितिले आज मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउन लागेको छ ।

इन्जिनियर, सिरहा सदरमुकामका बुद्धिजिवि, युवा र केहि जनप्रतिनिधिको टोली मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जनकपुरधाम जान लागेका हुन् । उनीहरुले माग पुरा गर्न मुख्यमन्त्रीलाई १५ दिने अल्टिमेटम दिने बुझिएको छ ।


संघर्ष समितिले साउन २४ मा सिरहा सदरमुकाममा प्रदर्शन गरेको थियो । आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र १५ दिनभित्र मधेश सरकार नयाँ पुल बनाउन तयार नभए मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने संघर्ष समितिले जनाएको छ ।

कमला नदीमा ०६८ मा पुल निर्माण सुरु भयो । १० वर्ष लगाएर पुलको करिब ९९ प्रतिशत काम पुरा गरियो । तर सामान्य बाढीमै पुलको तीन वटा पिलर भासियो । भासिएको पुल अब काम नलाग्ने भएको इन्जिनियरहरुको भनाई छ ।

सम्बन्धित खबर