LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जम्बो मन्त्रिपरिषद बनाएको भन्दै चौतर्फि आलोचना भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्ना ८ जना राज्यमन्त्रीलाई एकैसाथ हटाएका छन् ।
मुख्यमन्त्री सिंहले काठमाण्डौ जानु अघि नै आफ्नो पार्टीसहित सत्ता साझेदार दलहरुबाट राज्यमन्त्री बनेका सबैलाई बर्खास्त गरिएको भन्दै प्रदेश प्रमुख कार्यालयमा पत्रचार गरेका थिए ।

प्रदेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य राज्यमन्त्री केशव राय, गृह, सञ्चार र कानुन राज्यमन्त्री शारदा देवी थापा, जनमतबाट वन तथा वातावरण राज्यमन्त्री रञ्जुकुमारी मण्डल,उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा सम्भु साह रहेका थिए ।

त्यसैगरि, लोसपाबाट शिक्षा राज्यमन्त्री रामबाबु यादव र नेपाली काँग्रेसबाट भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजक रहेका थिए । सबैलाई मुख्यन्त्री सिंहले हटाएका हुन । सबै राज्यमन्त्रीलाई हटाएपछि अहिले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय रहेको छ । २२ साउनमा एकैपटक मुख्यमन्त्री सिंहले ५ जना राज्यमन्त्रीलाई सपथ गराएका थिए ।

सम्बन्धित खबर