LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । जम्बो मन्त्रिपरिषद बनाएको भन्दै चौतर्फि आलोचना भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्ना ८ जना राज्यमन्त्रीलाई एकैसाथ हटाएका छन् ।
मुख्यमन्त्री सिंहले काठमाण्डौ जानु अघि नै आफ्नो पार्टीसहित सत्ता साझेदार दलहरुबाट राज्यमन्त्री बनेका सबैलाई बर्खास्त गरिएको भन्दै प्रदेश प्रमुख कार्यालयमा पत्रचार गरेका थिए ।

प्रदेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य राज्यमन्त्री केशव राय, गृह, सञ्चार र कानुन राज्यमन्त्री शारदा देवी थापा, जनमतबाट वन तथा वातावरण राज्यमन्त्री रञ्जुकुमारी मण्डल,उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा सम्भु साह रहेका थिए ।

त्यसैगरि, लोसपाबाट शिक्षा राज्यमन्त्री रामबाबु यादव र नेपाली काँग्रेसबाट भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजक रहेका थिए । सबैलाई मुख्यन्त्री सिंहले हटाएका हुन । सबै राज्यमन्त्रीलाई हटाएपछि अहिले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय रहेको छ । २२ साउनमा एकैपटक मुख्यमन्त्री सिंहले ५ जना राज्यमन्त्रीलाई सपथ गराएका थिए ।

सम्बन्धित खबर