LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले बीच भएको सहमति कार्यान्वय नभएको खण्डमा मुलुक गम्भिर संकटमा फसने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास पश्चात आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक सम्वृद्धि तथा शिथिल भएका अर्थतन्त्रलाई क्रियाशिल बनाउन दुई ठुल दल काँग्रेस र एमाले मिलेको बताए ।

‘पछिल्लो निर्वाचन पश्चात कुनै एक पार्टीसँग बहुत भएन,सानो– सानो दल मिलेर बनेको सरकार अस्थिर रहियो,संघमा सरकार फेरिपछि सातै प्रदेश सरकार पनि फेरिने परिपाटी देखिएको मन्त्री लेखकले भने,‘ त्यसकारण सरकारको स्थायित्व दिन, आर्थिक चालायान बनाउन तथा वितीय सुशासन स्थापित गराउने काँग्रेस र एमालेको हो ।’

काँग्रेस र एमाले पहिलो पटक मात्रै नमिलेको बताउँदै मन्त्री लेखकले भने,‘ हामि पहिलो पटक मिलेका होईन, यस अघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडी बढाउँने काम भएको छ । अहिले पनि मुलुकको वर्तमान अवस्था देखेर काँग्रेस एमाले मिलेर छ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा भएके शिलान्यास कार्यक्रममा प्रदेशका मन्त्री, धनुषाका विभिन्न पालिका मेयरसहितको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाको छेउमै नयाँ भवनको शिलान्यास गरिएको छ । उक्त भवनको निर्माणको लागि सावित्रि निर्माण सेवा जनकपुरधाम सँग ५ करोड ४७ लाख २५ हजारमा सम्झौता भएको छ । निर्माण कम्पनिले दुई वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

सम्बन्धित खबर