LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले बीच भएको सहमति कार्यान्वय नभएको खण्डमा मुलुक गम्भिर संकटमा फसने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास पश्चात आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक सम्वृद्धि तथा शिथिल भएका अर्थतन्त्रलाई क्रियाशिल बनाउन दुई ठुल दल काँग्रेस र एमाले मिलेको बताए ।

‘पछिल्लो निर्वाचन पश्चात कुनै एक पार्टीसँग बहुत भएन,सानो– सानो दल मिलेर बनेको सरकार अस्थिर रहियो,संघमा सरकार फेरिपछि सातै प्रदेश सरकार पनि फेरिने परिपाटी देखिएको मन्त्री लेखकले भने,‘ त्यसकारण सरकारको स्थायित्व दिन, आर्थिक चालायान बनाउन तथा वितीय सुशासन स्थापित गराउने काँग्रेस र एमालेको हो ।’

काँग्रेस र एमाले पहिलो पटक मात्रै नमिलेको बताउँदै मन्त्री लेखकले भने,‘ हामि पहिलो पटक मिलेका होईन, यस अघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडी बढाउँने काम भएको छ । अहिले पनि मुलुकको वर्तमान अवस्था देखेर काँग्रेस एमाले मिलेर छ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा भएके शिलान्यास कार्यक्रममा प्रदेशका मन्त्री, धनुषाका विभिन्न पालिका मेयरसहितको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाको छेउमै नयाँ भवनको शिलान्यास गरिएको छ । उक्त भवनको निर्माणको लागि सावित्रि निर्माण सेवा जनकपुरधाम सँग ५ करोड ४७ लाख २५ हजारमा सम्झौता भएको छ । निर्माण कम्पनिले दुई वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

सम्बन्धित खबर