LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । संघीय सरकारको गठबन्धन पुनः फेरिने हल्ला चलिरहेको वेला नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले वर्तमान गठबन्धन २०८४ को चुनाव सम्म कायम रहने दावि गरेका छन् ।

बुधवार जनकपुरमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली काँग्रेस र नेकपा एमालेसहितको गठबन्धन २०८४ को चुनाव सम्म कायम रहने बताए । काँग्रेस र एमाले बीच भएको ७ बुँदे सहमतिको चर्चा गर्दै उनले भने,‘ एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २ वर्ष र काँग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा १ वर्ष संघीय सरकार रहने सहमति भएको छ । यो सहमतिबाट काँग्रेस पछाडि हटदैनन् ।’

पार्टी भित्र युवाहरुलाई नेतृत्व दिनुपर्छ भने अवाज उठिरहेको विषयमा संचारकर्मीहरुले राखेको जिज्ञसामा प्रवक्ता महतले भने,‘यो नियर्थक वहस हो । यसको अहिले औचित्य छैन । पार्टी वा सरकारको नेतृत्व समक्ष व्यक्तिले गर्ने हो । यसलाई उमेरले छेकवार गर्दैनन् । गिरिजाबाबु ८७ वर्षको उमेरमा पनि पार्टीको नेतृत्व गर्नुभएको थियो । यो कुरा कसैसँग छुपेको छैन । त्यसकरण अहिले उमेरलाई लिएर अनावयश्क कुरा गर्नुको कुनै अर्थ छैन ।’

मुलुकमा देखिएको आर्थिक तरलता, आर्थिक मन्दीको समस्या समाधान गर्न राजनीतिकर्मी,कर्मचारीलाईसहितले इमन्दार हुनुपर्नेमा पुर्व अर्थ मन्त्री समेत रहेका महतले बताए । तीनै तहको सरकारले अनावश्यक खर्च कटौति गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर