LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

मो.इन्तेखाब आलम
जनकपुरधाम । लोक अस्था र समाजिक एकताको रुपमा प्रसिद्ध मधेशका महापर्व छठ आज धुमधामका साथ मनाईदै छ । चार दिन सम्म चल्ने छठ पर्वको तेस्रो दिन अर्थात आज विहिवार साँझ व्रत बसेका श्रद्र्धालु भक्तजनहरु अस्ताउँदो सुर्यको अर्घ दिएका छन् । शुक्रवार विहान उदाउँदो सुर्यको अर्घ दिएपछि यो पर्व विधिवत रुपमा सम्पन्न हुने छ । छठ पर्वको अवसरमा जनकपुरधामको गंगासागर, धनुषा सागर, अरगजा पोखरी, दशरथ तलाउसहितको स्थानमा धुमधामका साथ छठ पर्व मनाईएको छ ।


विहानैदेखि स्वच्छपुर्वक छैठमा लागि परिकारहरु भुस्वा, टकुवा, लडु लगायतका तयार पार्छन । ति सबै समानहरुलाई बासको डालोमा राखि सुर्य अस्त हुनुभन्दा अभावै कुनै जलासय नदि वा पोखरीमा छठ पुजा गर्छन । करिव ४० घण्टा सम्म भुखै बस्ने ब्रातालुले घण्टौ सम्म पानीमा उभेर अस्ताउदो सुर्य र उदाउदो सुर्यलाई अर्घ दिन्छ


छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औशि तिथि लागेसँगै माछामासु वा मनसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात वाहेक शुद्ध शकाहारी खाना, खीर दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पुजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ ।

षष्ठीका दिन ब्रत बसिन्छ र ब्रत बस्नेहरुले अन्नजल ग्रहण गर्दैन ।
पछिल्लो केहि वर्ष यता तराई मधेशमा धुमधामका साथ मनाई छठ पर्व यतिवेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरुमा लोकप्रिय हुदै गएको छ ।

सम्बन्धित खबर