LIVE
ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त |

जनकपुरधाम । मिथिलाका परम्परागत काला, साँस्कृतिक हराउँदै गएको बेला जनकपुरधाममा ६ दिवसीय सामाचकेवा मुर्तिकला निर्माण कार्यशाला सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ र मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आईतवारदेखि जनकपुरधाम सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको हो । उक्त कार्यशालाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मिथिला, मधेशका परम्परागत काला, साँस्कृतिले आपसी भाईचारा,समाजिक एकता तथा समाजिक तथा धार्मिक सद्भावलाई जोड्ने काम गर्दै आएको बताए ।

भाईबहिनी बीचको प्रेम स्नेहलाई सामाचकेवा पर्वले दर्शाउनले गरेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने,‘ सबै चाडपर्व आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएको छ । यसले हाम्रो काला,सास्कृतिक तथा मूल्यमान्यता कायम राखेको छ । त्यसकरण यसको संरक्षण प्रवद्र्धन प्रदेश सरकार प्रतिबद्ध छ ।

सामाचकेवासम्बन्धी कार्यशाला आयोजनाले मूर्तिकला लागेकाहरुको जीविकोपार्जन समेत टेवा पुग्ने उनले बताए । कार्यशालामा बरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले मिथिलाका परम्परा कलासाँस्कृतिमा जीवन दर्शन र मानवको जन्मदेखि मुत्य सम्म पक्षसँग जोडिएको बताए ।
सामाचकेवाले नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्वको विरोध र सबैखाले विभेद तथा विभाजनविरूद्धको सन्देश दिने गरेको वरिष्ठ साहित्यकार डा.बिमलको भनाई थियो ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रामसरोज यादवले सांस्कृतिक उत्थानकालागि मैथिली विकास कोषले सराहनिय कार्य गर्दै आएको बताए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्रीवितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर