LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष मनाई रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी थालिएको छ । मंसिरको शुक्ल पक्षमा मनाईने महोत्सवमा यस वर्ष भारतको अयोध्याबाट पाँचभन्दा बढीको संख्यामा साधुसन्तको जन्ती आउने भएको छ ।

जानकी मन्दिरका छोटा महन्थ रोशन दास वैष्णवका अनुसार प्रत्येक पाँच वर्षमा भारतको अयोध्या लगायतका स्थानबाट साधु सन्तहरु जन्तीको रुपमा जनकपुरधाम आउने गरेका छन् । १६मंसिरदेखि सुरु हुने महोत्सव २२ गते सम्म चल्ने महोत्सवमा भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्तिहरू, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारीहरू तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने बताईएको छ ।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउने जानकी मन्दिरले मधेश प्रदेश सरकार र जनकपुरधाम उपहानगरपालिसँग सहकार्य र समन्वय गरिने छोटा महन्थ दासले बताए ।
यस अघि मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पनि विवाहपञ्चीलाई भव्य सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरेको थियो । महोत्सवलाई भव्य बनाउने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अध्यक्षता भएको सर्वपक्षीय वैठकमा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेश सरकारले महोत्सवमा आवश्यक सहयोग गर्ने बताईन ।

महोत्सवलाई भव्य बनाउन १४ वटा उपसमिति समेत गठन गरिएको छ । महोत्सवमा सहभागि हुने लाखौ श्रद्धालुको आवास, शौचालय, खानेपानी र भोजनसहित शान्ति सुरक्षा व्यवस्थापन बारे समेत वैठकमा छलफल भएको छोटा महन्थ रोशन दासले बताए । उनले अहिले सम्म महोत्सवमा भारतबाट साधुन्त वाहेक को–को भिआईपी आउने हो ? त्यसको निर्णय हुन नसकेको बताए । यस अघि उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथ विवाहपञ्चमी महोत्सवमा सहभागि भएका थिए । तर यस वर्ष भारतबाट को–को आउने हो अहिले सम्म निर्णय नभएको र त्यस विषयमा समेत छलफल नभएको उनले बताए ।

सम्बन्धित खबर