LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । मलेसियासहितका खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन नेपालले प्रतिबन्ध लगाएको करिब आठ वर्ष भयो। सुरक्षा प्रबन्ध, श्रम शोषण र यौनहिंसाको कारण देखाउँदै नेपालले ती मुलुकमा महिला कामदार पठाउन रोक लगाएको थियो। अब आठ वर्षपछि नेपालले मलेसियासहित खाडी मुलुकमा घरेलु महिला कामदार पठाउने तयारी थालेको छ।

सबैभन्दा पहिला संयुक्त अरब इमिरेट्स ९यूएई०मा घरेलु महिला कामदार पठाउने गरी विशेष परियोजना ९पाइलट प्रोजेक्ट० शुरू गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी छ। यूएई सरकारको अनुरोधमा नेपालले यो विशेष परियोजना थाल्ने तयारी गरेको हो।

यसअघि, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा २०७३ चैतयता नेपालले ती मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएको थियो। अब घरेलु महिला कामदार पठाउन ‘कडा शर्तनामा’ राख्ने सरकारको तयारी छ।

नेपाल तथा यूएईका श्रम मन्त्रालयसम्बद्ध अधिकारीबीच शर्तनामाको प्रस्तावनामा सहमति भएको छ। अन्तिम सम्झौतामा हस्ताक्षरका निम्ति बैठक गर्न परराष्ट्र मन्त्रालयमार्फत पहल शुरू भएको श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिएका छन्। “हामीले यसबारे अन्तिम प्रस्तावना पत्र परराष्ट्र मन्त्रालयमा पठाएका छौँ। यूएई सरकारसँग निर्णायक बैठक बस्ने र कागजातमा हस्ताक्षर गर्ने समय कूटनीतिक च्यानलबाट चाँडै टुंगो लाग्नेछ,” निरौला भन्छन्।

सम्बन्धित खबर