LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । मलेसियासहितका खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन नेपालले प्रतिबन्ध लगाएको करिब आठ वर्ष भयो। सुरक्षा प्रबन्ध, श्रम शोषण र यौनहिंसाको कारण देखाउँदै नेपालले ती मुलुकमा महिला कामदार पठाउन रोक लगाएको थियो। अब आठ वर्षपछि नेपालले मलेसियासहित खाडी मुलुकमा घरेलु महिला कामदार पठाउने तयारी थालेको छ।

सबैभन्दा पहिला संयुक्त अरब इमिरेट्स ९यूएई०मा घरेलु महिला कामदार पठाउने गरी विशेष परियोजना ९पाइलट प्रोजेक्ट० शुरू गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी छ। यूएई सरकारको अनुरोधमा नेपालले यो विशेष परियोजना थाल्ने तयारी गरेको हो।

यसअघि, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा २०७३ चैतयता नेपालले ती मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएको थियो। अब घरेलु महिला कामदार पठाउन ‘कडा शर्तनामा’ राख्ने सरकारको तयारी छ।

नेपाल तथा यूएईका श्रम मन्त्रालयसम्बद्ध अधिकारीबीच शर्तनामाको प्रस्तावनामा सहमति भएको छ। अन्तिम सम्झौतामा हस्ताक्षरका निम्ति बैठक गर्न परराष्ट्र मन्त्रालयमार्फत पहल शुरू भएको श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिएका छन्। “हामीले यसबारे अन्तिम प्रस्तावना पत्र परराष्ट्र मन्त्रालयमा पठाएका छौँ। यूएई सरकारसँग निर्णायक बैठक बस्ने र कागजातमा हस्ताक्षर गर्ने समय कूटनीतिक च्यानलबाट चाँडै टुंगो लाग्नेछ,” निरौला भन्छन्।

सम्बन्धित खबर