जनकपुरधाम । सप्ताहाव्यापाी रुपमा मनाईने विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ ।
महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम सम्पन्न भएको छ । भोलि दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव कार्यक्रम रहेको छ ।
त्यसैगरि, पाँचौ दिन २० मंसिरमा मटकोर र २१ मंसिरको दिउँसो स्थानीय रंगभुमि मैदान वारह विघामा भागवान रामसीता स्वयंवर तथा राती जानकी मन्दिरको परिसरमा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन अर्थात २२ मंसिरमा रामकलेवा गरी अयोध्याबाट अएका जन्तीहरुलाई भोजन गराएर विदाई गरि महोत्सव विधिवत रुपमा समापन हुनेछ ।
भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणबाट गाडी जनकपुरधामको पक्रिमणमा गराई नगर दर्शन गराईन्छ । नगरदर्शनमा महिलाहरुले विभिन्न लोकगीत गाई राम र लक्ष्मणलाई फुलले स्वागत गर्ने चलन रहेको छ ।
विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन यस्तो छ प्रदेश सरकारको व्यवस्थापन
पौराणिक कालमा सीतारामको विवाहभएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पक्षमा मनाई महोत्सवलाई भव्य बनाउने प्रदेश सरकारले व्यवस्थापनमा जुटेको छ ।
यस वर्ष भारतको अयोध्याबाट समेत पाँच सय साधुसन्तहरुको आउने भएकोले प्रदेश सरकारले उनीहरुको स्वागत, बसाई तथा भोजन सम्मको व्यवस्थापन गरेको छ । महोत्सवमा सहभागी हुन आउने श्रद्धालु भक्तजनहरुका लागि शौचालय, बिजुली बती, खानेपानी र स्वास्थ्य शिविर संचालन लगायत सुरक्षा योजनासहितको व्यवस्थापन गर्न लागेको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले बताए ।
महोत्सवलाई व्यवस्थित गर्न ६ मंसिर ६ मै प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको निर्णय अनुरुप सुरक्षा योजनासहित स्वास्थ्य शिविर, श्रीरामजानकी विवाह हेर्न ठाउँ ठाउँमा डिस्पले बोर्ड श्रद्धालु भक्तजनको स्वागतका लागि गेट निर्माण र जन्तीलाई मधेश भवनमा खानपीनसहित कम्बल वितरण गर्ने कार्यक्रम रहेको मन्त्री यादवले बताए । ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा श्रद्धालु भक्तजनहरुका लागि २ सय स्थानमा पोर्टेबल शौचालय, विभिन्न स्थानमा १२ वटा स्ट्रीट लाईट र २ ठाउँमा खानेपानीका लागि बोर्डिङ्ग जडान तथा एक सय ५० स्थानमा अस्थायी शौचालय निर्माण् गरिएको छ ।
यस्तै प्रदेश सरकारको गृह तथा सञ्चार तथा कानून मन्त्रालयद्वारा विभिन्न ५ स्थानमा डिस्पले बोर्ड जडान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, खेलकूद तथा समाज कल्याण मन्त्रालयद्वारा जन्तीहरुलाई मधेश भवन भित्र स्वागतसहित भोजन व्यवस्थापन र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा जन्तीहरुलाई ६ सय कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयद्वारा प्रादेशिक अस्पताल जनकपुरमा कुल शैयाको १० महोत्सवको आउने श्रद्र्धालु भक्तजनहरुलाई लक्षित गरि खालि राख्ने तथा एम्बुलेस र औषधीहरु पर्याप्त राख्ने मन्त्री परिषदबाट निर्णय भएको छ ।
यसबाहेक प्रदेश सरकारले रेल्वे स्टेशनको ७० वटा सटरमा श्रद्धालुहरुको वासका लागि व्यवस्थापन, विभिन्न २० स्थानमा स्वागत गेट निर्माण, नेपाली सेनाद्वारा बम डिस्पोजल टोली, सुरक्षाकर्मी ल्याउन र लैजान एक साताका लागि १० वटा गाडी, सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने बजेट व्यवस्थापन, गंगा सागर पोखरीमा उद्धारकर्ता टोली सहित ३ वटा ड्रोन सशस्त्र प्रहरीद्वारा व्यवस्थापन गरिनेछ ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार महोत्सवमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकायका करिव दुई हजार प्रहरी परिचालन हुनेछ । सुरक्षा व्यवस्था मजगुत प्रभावकारी बनाउन ठाउँठाउँमा सिसिटिभ जडान, सदा पोशाकमा प्रहरी परिचालनदेखि लिएर आवश्यकता अनुसार ड्रोन क्यामराले निगरनि गरिने उनले बताए ।