LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । धनुषासहित मधेश प्रदेशमा ७ वटै स्थानमा भएको सस्थानीय तहको उपनिर्वाचनम शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडाध्यक्षको भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कुल ३ हजार २२६ मत रहेकोमा २ हजार २५८ मत खसेको छ । जुन कुल मतको ६९ दशमलव ९९ प्रतिशत हुन्छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले धनुषामा सोचोकोभन्दा बढी शान्तिपुर्ण र उत्साहपुर्ण उपनिर्वाचन भएको बताए । सो वडाका वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरि, महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । २ हजार १४१ मतदाता रहेकोमा १ हजार ५१४ जनाले मतदान गरेका छन् ।

त्यसैगरि, सप्तरीको डाकेश्वर नगरपालिका वडा नम्बर १ मा भएको निर्वाचनमा ७१ द्यशमलव ८१ प्रतिशत, रौतहटको गढीमाई नगरपलिका वड ८को उपनिर्वाचनमा ८१ दशमलव ३१ प्रतिशत, इश्वनाथ नगरपालिका वडा नम्बर ७मा ६८ दशलव १७ प्रतिशत र राजपुर नगरपालिका वडा नम्बर ६ मा ७० दशलव ४३ प्रतिशत मतदान भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका सैब स्थानमा शान्तिपुर्ण उपनिर्वाचन सम्पन्न भएको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि अचार्यले बताए । उपनिर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरण बनाउन उल्लेखनिय संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।

सम्बन्धित खबर