LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित भएका छन् ।

आइतबार भएको उपचुनावमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । सो वडामा काँग्रेस नेता आनन्दन ढुगंना र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलका घर समेत रहेको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेकपा (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत पाए ।

यसअघि यो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ यादव निर्वाचित भएका थिए । उनको निधन भएपछि सो वडामा उपचुनाव भएको हो ।

सम्बन्धित खबर