LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुले एक सप्ताहपछि ट्रफीसहित जनकपुरधाममा विजयी जुलुस प्रर्दशन गरेका छन् ।

जनकपुरको रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई सम्मान गरेपछि ट्रफिसहित नगर परिक्रमा गरिएको थियो । रंगशालाबाट सुरु भएको विजयी जुलुस थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।


नगर परिक्रमामा खेलाडीसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहपनि केहि समयको सहभागि भई खेलाडीहरुको हौसला बढाएका थिए । विजयी जुलुसमा खेलाडीहरूसँगै जनकपुरधामका सयौ खेलप्रेमि युवा तथा नगरिक समाजका व्यक्तिहरु नगर परिक्रमामा सहभागी थिए । खेलाडीहरुलाई चोक–चोकमा भव्य स्वागत गरिएको थियो ।


जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयउत्सव मनाइने जानकारी दिए । उनले आज जनकपुरधामबाट सुरुवात भएको विजय जुलुस भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी प्रदर्शन गरिने बताए ।

त्यसैगरि,आईतवार बारा र पर्सा र सोमवार सिराहा र सप्तरीमा ट्रफी परेड गर्ने कार्यक्रम रहेको उनले बताए । गत ६ पुसमा भएको एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले ट्रफीाथि कब्जा गरेको थियो ।

सम्बन्धित खबर