LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुले एक सप्ताहपछि ट्रफीसहित जनकपुरधाममा विजयी जुलुस प्रर्दशन गरेका छन् ।

जनकपुरको रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई सम्मान गरेपछि ट्रफिसहित नगर परिक्रमा गरिएको थियो । रंगशालाबाट सुरु भएको विजयी जुलुस थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।


नगर परिक्रमामा खेलाडीसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहपनि केहि समयको सहभागि भई खेलाडीहरुको हौसला बढाएका थिए । विजयी जुलुसमा खेलाडीहरूसँगै जनकपुरधामका सयौ खेलप्रेमि युवा तथा नगरिक समाजका व्यक्तिहरु नगर परिक्रमामा सहभागी थिए । खेलाडीहरुलाई चोक–चोकमा भव्य स्वागत गरिएको थियो ।


जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयउत्सव मनाइने जानकारी दिए । उनले आज जनकपुरधामबाट सुरुवात भएको विजय जुलुस भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी प्रदर्शन गरिने बताए ।

त्यसैगरि,आईतवार बारा र पर्सा र सोमवार सिराहा र सप्तरीमा ट्रफी परेड गर्ने कार्यक्रम रहेको उनले बताए । गत ६ पुसमा भएको एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले ट्रफीाथि कब्जा गरेको थियो ।

सम्बन्धित खबर