
जनकपुरधाम । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८४ को चुनाव अघि नै नेपाली काँग्रेससँग सहकार्य तोडिने बताएका छन् ।
महोत्तरीको रामगोपालमा एक कार्यक्रममा सहभागि हुन बुद्ध एयरको बिमानबाट जनकपुर आएका महासचिव पोखरेलले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । मुलुकको राजनितिक अस्थिरता तथा सुस्त रहेको विकास निर्माणलाई गति दिन मात्र नेपाली काँग्रेससँग सहकार्य भएको उल्लेख गर्दै महासचिव पोखरेलले भने,‘ २०८४ मा एमाले र काँग्रेसले अगल अगल चुनाव लड्ने विषयमा सहमति छ । जसको वहुमत आउँछ, उसले सरकारको नेतृत्व गर्नेछ ।’
पुर्व गृहमन्त्री भिम रावलसहितलाई कारर्वाही गरिएको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘ उहाँलाई कारर्वाही गरिएकोभन्दा पनि उहाँलाई तपाई पार्टीको सदस्य रहनु भएन भने जानकारी गराईएको हो । पार्टी सदस्यको आचरण त उहाँ आफ्ै नै छोड्नुभयो । पार्टीमा रहदाँ पार्टीको अनुशासन, विधिविद्यान चल्नुपर्छ । संसदमा पर्टीको ह्वीप मान्नुपर्छ । तर उहाँ पार्टीको कुनै पनि गतिविधिमा लामो समयदेखि निष्कृय हुनुन्थियो ।’ पार्टी भित्र चुलिएको गुटबन्दीलाई ब्यालेन्स गर्न कारर्वाही गरिएको त होईन भने सञ्चारकर्मीको जिज्ञसामा उनले भने,‘ गुटभन्दा पनि सिङ्गो पार्टीलाई बलियो बनाएर हामीले मिसन २०८४ लाई लक्ष्ति गरि काम गरिरहेका छौ ।’
पुर्व राष्ट्रपति विद्यादेवि भण्डारी राजनीतिमा पुनःसक्रिय हुने चर्चाले पार्टीको अगामी महाधिवेशनमा अध्यक्षको अकांक्षि देख्नु भएका तपाई र उपध्यक्ष विष्णु पौडेल कतिको भयवित हुनुन्छ ? भन्ने प्रश्नमा उनले भने,‘ हामीले पार्टीको महाविधेशनभन्दा बढी मिसन २०८४ मा केन्द्रित भई काम गरिरहेका छौ । त्यसको अहिले चर्चा नगरौ । सम्मानिय पुर्व राष्ट्रपति ज्यु, पुनः समाज सेवामा सक्रिय हुन चाहनु हुन्छ भने स्वागतयोग्य हो ।’
पुर्व राष्ट्रपति भण्डारी अहिले पनि एमालेको संगठित सदस्य रहेको चर्चा छ नि प्रश्नमा उनले भने,‘ यस्तो कुनै चर्चा छैन । उहाँको संगठित सदस्यता छ कि छैन भने वारे पार्टीलाई कुनै जानकारी छैन ।’
दुई ठुला पार्टीका गठनबन्धनको सरकारले संघियलाई अझै प्रभावकारी बनाउन आवश्यक ऐन कानुन निर्माणमा लागेको उनले बताए । संघिय सरकार, प्रदेश र स्थानीय तह तीनै तहको सरकारको कार्यलाई अझ प्रभाविकारी बनाउन प्रधानमन्त्री कार्यालमा गर्भमेन्ट रिफर्म सेन्टर, विभिन्न निकायमा रिर्फम युनिट बनाउने तयारी भईरहेको उनले बताए । उनले काँग्रेस, एमाले गठबन्धन आएदेखि मुलुक अर्थतन्त्रमा निकै सुधार भएको दावि गरे ।