
जनकपुरधाम । नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राम भरत साह सर्वसहमत चुनिएका छन् ।
जनकपुरधामको सम्पन्न प्रथम अधिवेशनबाट वरिष्ठ पत्रकार साहलाई सर्वसहमत चुनिएका हुन् । त्यसैगरि, संघ मधेश प्रदेशको उपाध्यक्षमा धुव्रप्रसाद साह, उपाध्यक्षमा महेन्द्र साह,महामन्त्रीमा अरुण कुमार झा र महामन्त्रीमा प्रेम साह कानु चुनिएका छन् ।
त्यसैगरि, सहमहामन्त्रीमा विजय कुमार उपाध्यय, कोषाध्यक्षमा मनोज कुमार साह,प्रवक्तामा भागवत साहलाई चयन गरिएको छ ।
त्यसैगरि, सदस्यहरुमा कमला सहगल, हरेन्द्र सिंह, विपिन मिश्र, नारायण अधिकारी, हरी नारयाण चौधरी, कनहिया भट्टराई र कमरुदिन शेष सहितका रहेका छन् ।