LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । झण्डै तीन महिनापछि मंगलवार बसेको प्रदेश सभाको वैठमा सत्ता पक्ष र विपक्षी दलका साँसदहरु मुख्यमन्त्री सतिश कुमार सिंह र जनमतका पार्टी अध्यक्ष डा.सिके राउत विरुद्ध खनिएका छन् ।

केही दिन अगाडी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले प्रदेश सरकारको सम्बन्धमा समाजिक सञ्जालमा पोस्ट गरिएको विषयमा सत्ता पक्षका साँसद तथा विपक्षि दलका साँसदहरु कडामा रुपमा प्रस्तुत भएका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा बसेर मधेस सरकारलाई नियन्त्रित गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले एक दलको केन्द्रिय अध्यक्ष भएर सरकारलाई नियन्त्रण गर्ने प्रयास गर्नु गलत रहेको बताए ।

पूर्व मन्त्री यादवले राउतले गठबन्धन भित्रै रहेका विरुद्ध बोलेर अध्यक्ष राउतले अपरिपक्वता देखाएको आरोप लगाए । उनले भने ‘चले ना आबे तऽ आंगन टेढ’ आफै गर्न नसक्ने अनि अरुमाथी औँला उठाउने ?, अगाडी भने ‘तपाईले कुन आधारमा कुन प्रमाणको बलमा कांग्रेस,एमाले भ्रष्ट पार्टी हो, सरकारलाई घेरावन्दी गरेको भन्नु भयो म राउतजीलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।’
मुख्यमन्त्री सतिश सिंहलाई इंगित गर्दै उनले भने, गठबन्धन दलबाट कुन बैठकमा ? कहाँ ? कसरी? असहयोग भयो, भएको छ प्रमाणित गर्न म चुनौति दिन्छु ।’
आर्थिक वर्षको ५÷६ महिना बित्न लाग्दा समेत बजेट कार्यान्वयन हुन नसकेको बताउँदै सरकारबाट सरुवा बढुवा तथा पदस्थापन, राजनीतिक नियुक्तिबाहेक केही नभएको आरोप लगाए ।
सत्ता गठबन्धनमै रहेको लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले ड्राइभर सीटमा बसेर काम गर्न नसकेको भन्नु असक्षमताको परिचायक रहेको बताए । सरकार संचालनमा समस्या आउँदा गठबन्धनमा छलफल गर्नुको साटो आफ्नो दोष अरुमाथी थुपार्नु गलत परिपाटी रहेको महतोले बताए ।
यता पुर्व मुख्यमन्त्री तथा जसपाका साँसद लालबाबु राउतले जनमतले सरकारको नेतृत्व गर्नुको साटो प्रतिपक्षमा बसेर सहयोग गर्न सल्लाह दिए । उनले भने ‘यो सरकारले आफ्नै मन्त्रीलाई स्पष्टीकरण साधेर अपरिपक्वताको पराकाष्ठा पार गरेको छ ।’ यो सब स्टण्डवाजी हो, ‘जनतालाई १ चोटी भ्रमित गर्नुभयो यो नाटक गरेर पटक पटक गर्न सक्नु हुन्न ।’

पूर्व मुख्यमन्त्री राउत पनि आफ्नो मन्तव्यको क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतमाथी खनिएका थिए । उनले मुख्यमन्त्रीको गरिमालाई खयालै नगरी सार्वजनिक रुपमा स्पष्टीकरण सोध्नु गलत भएको बताए ।

सभामा भने जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले प्रदेश सरकारको बचाउ गरे । सरकारले आफ्नो दुरुपयोग नगरि कार्यालाई विकास कार्यलाई अगाडी बढाएको दावि गरे । हामीभन्दा पाको दलका नेता भन्नेहरुले विगतमा ७ वर्ष सरकार चलाएर के कति काम गरे त्यसको मूल्यांकन जनताले गरिरहेको उनले बताए ।

सम्बन्धित खबर