LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन निर्देशक बलराम ठाकुर ठगी आरोपमा पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते आरोपमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ठाकुरलाई धनुषा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गत भदौ महिनामा निर्देशक ठाकुरसहित ५ जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरमाथिसमेत मुद्दा दर्ता भएको छ । उनीहरु फरार रहेको र उनीहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर