LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सत्ता र प्रतिपक्षी दलबाट चर्को आलोचना भएपछि मधेश प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१“ फिर्ता लिएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको वैठकमा प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले नेपालको संविधानको धारा ११२ र प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १२० को उपनियम ३ र ४ अनुसार उक्त विधेयक फिर्ता लिएकी हुन् ।

विधेयकमा त्रुटिहरू रहेको स्वीकार गर्दै मन्त्री शर्माले भनिन्,‘ उनले मैले विद्येयक राम्रोसँग अध्ययन गर्न भ्याएको थिएन, कानुन मन्त्री ज्युले थारु भाषा समावेश गर्ने भन्नुभयो । तर त्यो समावेश नगरिदै उक्त प्रदेश सभा सचिवालयमा पठाईयो ।’ आफुलाई कुनै भाषासँग कुनै प्रकारको असहमति छैन, मन्त्री शर्माले भनिन,‘ अव सबैलाई मान्य हुने गरि विद्येयक ल्याछौ ।’

गत बुधबार मन्त्री शर्माले उक्त विद्येयक प्रदेशसभामा पेश गरेकी थिईन । उक्त विद्येयकमा नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजी भाषा बनाउने प्रस्ताव गरिएको थियो । तर, मधेश प्रदेशका रहेका अन्य मातृ भाषालाई वाईपास गरिएको भन्दै सरकारको चौतर्फि आलोचना भएको थियो । त्यसपछि सरकारले दवावमा आएर विहिवार साँझ बसेको मन्त्रीपरिषदको वैठकले उक्त विद्येयक फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित खबर