LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीप बिना रोजगार सम्भव नरहेको बताएका छन् ।

वैदेशिक रोजगार बोर्डले महोत्तरीमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले भने,‘ कुनै देशका सरकारले सबै नागरिकलाई रोजगार प्रदान गर्न सक्दैन । तर रोजगारलाई सीपसँग जोडिएको खण्डमा बेरोजगारी समस्या समाधान हुन्छ ।’

निर्माण कार्य, गहनाको कारीगरी तथा विकास निर्माणका सामग्रीहरू बाहिर मुलुकबाट ल्याउनुपर्ने बाध्यता रहेको मन्त्री भण्डारीको भनाई थियो । मुलुकमा आन्तरिक रोजगारी प्रवद्र्धनको लागि आगामी फाल्गुनमा राष्ट्रिय स्वरोजगार श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्री भण्डारीले बताए ।

वैदेशिक रोजगारीको बाध्यता हटाउन आन्तरिक रोजगारी सिर्जना गर्नु आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने,‘वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ ।’

कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सीप र भाषा सम्बनधी तालिम सञ्चालन भइरहेको बताए । सीप र भाषाको ज्ञानबिना विदेश जानेहरूले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गरी प्रदेश सरकारले तालिमको संचालन गरिरहेको मन्त्री रायले बताए ।

उनले वैदेशिक रोजगारीमा गएर विदेशमा अलपत्र परेकाहरुलाई ल्याउन तथा राहत प्रदान गर्न सरकारले एउटा छुटट्ै निकाय गठन गर्न लागेको बताए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वैदेशिक रोजगार बोर्डका निर्देशक डा. द्वारिका उप्रेतीरसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर