
जनकपुरधाम । काठमाडौंबाट धनुषाको जटही आउँदै गरेको बसमा सवारी एक भारतीय नागरिक मृत फेला परेका छन् ।
मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको स्टार नामक बसमा सवार भारत विहार मधुबन्नी सिमरीका ५५ वर्षिय जगदिश यादव बसमै मृत फेला परेका छन् । यादव सोमवार साँझ जटही आउनको लागि बसमा चढेका थिए ।
मंगलवार विहान धनुषाको लालगढमा बस पुगेपछि सिटमा सुतिरहेका यादवलाई गाडीका सहचालकले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेको थियो । बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई घटना वारे जानकारी गराएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले घटनामा स्थलमा पुगेर अन्य यात्रीहरुलाई घर पठाएका थिए भने चालक, सहचालक र बसलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले मृतकको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाएको र पोस्टमाटम रिर्पोट आएपछि घटना वारे थप अनुसन्धान हुने उनले बताए ।