LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । काठमाडौंबाट धनुषाको जटही आउँदै गरेको बसमा सवारी एक भारतीय नागरिक मृत फेला परेका छन् ।

मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको स्टार नामक बसमा सवार भारत विहार मधुबन्नी सिमरीका ५५ वर्षिय जगदिश यादव बसमै मृत फेला परेका छन् । यादव सोमवार साँझ जटही आउनको लागि बसमा चढेका थिए ।

मंगलवार विहान धनुषाको लालगढमा बस पुगेपछि सिटमा सुतिरहेका यादवलाई गाडीका सहचालकले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेको थियो । बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई घटना वारे जानकारी गराएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले घटनामा स्थलमा पुगेर अन्य यात्रीहरुलाई घर पठाएका थिए भने चालक, सहचालक र बसलाई नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले मृतकको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाएको र पोस्टमाटम रिर्पोट आएपछि घटना वारे थप अनुसन्धान हुने उनले बताए ।

सम्बन्धित खबर