LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । हरवा चरवाहरूले पुनःस्थापना तथा कार्यविधि पारितको माग गर्दै जनकपुरधाममा दवाव र्याली प्रदर्शन गरेका छन् ।

जनकपुरधाम स्थित क्याम्पस चोक बाट शुरु भएको उक्त र्याली कृषि तथा भुमि सुधार मन्त्रालय , जिल्ला प्रशासन कार्यालय हुन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय हरवा चरवा अधिकार मन्चका केन्द्रिय अध्यक्ष दसनलाल मण्डलले तेस्रो हरवा चरवा मुक्ति दिवसको अवसरमा प्रदेश सरकारलाई दवाव दिने उदेश्यले र्याली निकालिएको बताए ।

हरवा चरवा प्रथा मुक्तिको घोषणा भएको तीन वर्ष भईसक्दापनि सरकारले हरवा चरवा सम्बन्धी कार्यविधि पारित नगरेको, बसोबासका लागि जग्गा उपलब्ध नगराएको र पुनःस्थापनाको प्रक्रिया अगाडि नबढाएको उनले आरोप लगाए । २०७९ साल साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नतेत्वकोे सरकारले हरवा चरवा प्रथा अन्त्य गरिएको घोषणा गरेको थियो । तर सो हरवा चरवाको समस्या समाधानका लागि संघ र प्रदेश सरकारले कुनै चासो नदेखाएपछि सरकारलाई ध्यानषर्ण गराउने उदेश्यले दवावमुलक विरोज जुलुस निकालेको उनले बताए ।

फ्रिडम फण्ड, रास्ट्रिय दलित नेट्वोर्क नेपाल ,सिआईसी र जनचेतना दलित संगमको सहयोगमा आयोजित उक्त विरोध कार्यक्रम मार्फत मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाइ दवाब सहित चेतावनी दिइएको राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले बताए ।

 

सम्बन्धित खबर