जनकपुरधाम । अख्तियार दुरप्रयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सरोजकुमार यादवका प्रमुख स्वकिय सचिव चन्देश्वर महतोले पाएको सेवा सुविधा असुल गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्रचार गरेको छ ।
शैक्षिक योग्यता अपुग रहेको भएपनि पुर्व मुख्यमन्त्री यादवले महतोलाई प्रमुख स्वकिय सचिवको दरबन्दी प्रथम श्रेणी(सहसचिव) स्तरमा नियुिक्त दिएको भन्दै करिव अख्यितारमा उजुरी परेको थियो । सो विषयमा छानबिन तथा अनुसन्धान गरि अख्तियारले महतोको शैक्षिक योग्यता प्रमुख स्वकिय सचिव अर्थात सहसचिव स्तरको योग्यता नपुगेको उनले पाएको सेवा सुविधा असुल गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई करिव १५ दिन अघि पत्रचार गरेको छ ।
प्रमुख स्वकिय सचिवका लागि आवश्यक शैक्षिक योग्यता कम्तिमा स्नातक चाहिन्छ । तर महतो प्रविणता प्रमाणत्र पत्र तह सम्मको मात्रै शैक्षिक योग्यता पेश गरि प्रमुख स्वकीय सचिवमा नियुक्त पाएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट महतोले करिव १० महिना सम्म प्रथम श्रेणीको तलब, सुबिधा लिएका थिए । मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय अनुसार महतोलाई गाडी सुविधा सहित मासिक ५७ हजार ७८७ बुझदै आएका थिए । महतो मधेश भवन भित्र आवासको सुविधा समेत पाएका थिए ।

सो विषयमा केहि महिना अघि अख्तियारले शैक्षिक योग्यता नपुगेका व्यक्ति प्रमुख स्वकीय सचिवमा कसरी नियुक्ति दिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग जवाफ मागेका थिए । श्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले प्रमुख स्वकीय सचिवको नियुक्ति मुख्यमन्त्री ज्युले गर्ने भएकोले यसमा कार्यालयले रोक्न नसक्ने भन्दै जवाफ पठाएको श्रोतले बतायो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सुचना अघिकारी जयकुमार राउतले महतो विरुद्ध अख्तियारमा मुद्दा परेको बताए । तर महतोले लिएको सेवा सुविधा असुल गर्नुपर्ने अख्तियारको पत्र वारे आफुलाई कुनै जानकारी नरहेको बताए ।
यता, पुर्व मुख्यमन्त्री यादवका स्वकीय सचिव महतोले प्रमुख स्वकीय सचिव पद राजनीतिक नियुक्ति रहेको भन्दै अख्तियारमा ब्यान दिएको बताए । सेवा सुविधा फिर्ता गर्ने वारे अहिले सम्म आफुलाई कुनै पत्र प्राप्त नभएको उनले बताए ।
सहसचिव सरहको राजनीतिक नियुक्ती हुने व्यक्तिको हकमा पनि शैक्षिक योग्यता स्नातक आवश्यक हुने कानुनी प्रवधान छ । तर पुर्व मुख्यमन्त्री यादवले महतोलाई शैक्षिक योग्यताको अपुग भएपनि प्रमुख स्वकीय सचिवमा नियुक्ति गरेका थिए ।






