LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । मधेश खडेरी पर्दा खानेपानी तथा सिचाईको लागि पानिको चरम अभाव रहेपनि प्रदेश सरकार मुखदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदेश सरकार विरुद्ध आज जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

पानीको अभावको कारण प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले स्थानीय जनक चोकबाट विरोध प्रदर्शन गर्दै नगरको परिक्रमा गरेको थियो । उनीहरुले प्रदेशको मुख्यमन्त्री तथा परिषदको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषा छुट्टाछुटै ज्ञापनपत्र समेत बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा चार बुंदे र मुख्यमन्त्री कार्यालयमा आठ बुंदे ज्ञापनपत्र बुझाएको समाजवादी युवा संघ नेपालका अध्यक्ष मदन साहले बताए ।

धनुषाको प्रमुख जिल्ला अधिकारी शंकरहरी अर्चायमार्फत संघीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा संघीय सरकारले ल्याउन लागेको भुमी विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बीउको व्यवस्था गर्नुपर्ने, सुख्खा ग्रस्तबाट बच्न र पानीको दीर्घकालिन योजना ल्याउनु पर्ने र किसान र कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरु ल्याउनु पर्ने माग गरेको हो ।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नु पर्ने, मल खाद्यको व्यवस्था गर्नुपनै, खानेपानी तथा सिचाईको लागि तत्काल पानिको व्यवस्था गर्नुपर्ने‘ सहितको माग गरिएको छ । त्यसैगरि, प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमा दुई ृवटा रेडबुक बनाएको विषयमा छानबीन गर्नुपर्ने माग गरिएको छ ।

प्रर्दशनमा सहभागिहरुले प्ले कार्ड बोकेर ‘भ्रष्ट सरकार पानी दे, राहत प्याकेज घोषणा गर, किसान मार्न पाइदैन, किसान विरोधी सरकार होसियार, चुरे दोहन बन्द गर, किसान विरोधी सरकार हाय–हाय, निक्कमा सरकार मुर्दावाद’ लगायतको नाराबाजी समेत गरेका थिए ।

सम्बन्धित खबर