LIVE
धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा | महोत्तरी–४ मा कडा टक्कर : जित्ने दाउमा यादवद्वय, कमजोर छैन रास्वपा | रास्वपाका उम्मेदवार झाले चुनावी पोस्टर जनकपुरधाममा नटास्ने | जनकपुरधाममा भोलि कांग्रेसको पहिलो चुनावी सभा,एक लाख सहभागि हुने दावि | मिथिला मध्यमा परिक्रमा सुरु |

जनकपुरधाम । मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको विपक्षी सात दलले गरेको प्रस्ताव दुई तिहाई बहुमत भन्दा मतले पारित भएको छ ।

उपसभामुख बबिता राउत इसरको अध्यक्षतामा बसेको प्रदेश सभाको वैठकमा मण्डल विरुद्धको प्रस्तावको पक्षमा ७६ जना र विपक्षमा शुन्यको मत परेको थियो । एक सय ७ सदस्य रहेको प्रदेश सभाको दुई तिहाई ७२ हुन्छ । तर नेपाली काँग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा र एकिकृत समाजवादी पार्टी र नागरिक उन्नमुक्ति पार्टीका साँसदहरुले सभामुख मण्डलको विरुद्ध मतदान गरेका थिए । नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टीका साँसद प्रदेश सभा बैठकमा सहभागि भएका थिएन ।

माओवादी जनयुद्धका समयमा शिक्षक पेश छोडेर राजनीतिकमा आएका सभामुख मण्डलले प्रदेश सभाको पहिलो कार्यकालमा माओवादीबाटै निर्वाचित भई प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभाको पहिलो कार्यकालमा उनी माओवादी केन्द्रका संसदीय दलका नेता थिए । पछि नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टीकरण दलका नेताबाट हटेका थिए । नेकपा विभाजन हुदाँ उनी माओवादी केन्द्र छोडर नेकपा एमालेकालाई रोजेका थिए । अहिले नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर