LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनले मात्रै दलित, पिछडा वर्ग तथा अल्पसंख्यकको विकास नहुने बताएका छन् । मुलुकमा पटक– पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक र समाजिक परिवर्तन हुन नसकेकोको उनले बताए ।

दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने भन्दै आर्थिक र समाजिक परिवर्तनको दिशामा अघि बढनु आवश्यक रहेको बताए ।

अबको क्रान्ति आर्थिक र समाजिक रुपान्तरणको लागि हुनु पर्ने उल्लेख गर्दै उनले ती क्रान्तिको नेतृत्व डोटिम परिसंघले लिनुपर्ने बताए । समाजको तल्लो अवस्थामा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभए सम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ समाजमा रहेको विकृति विसंगतिको अन्त्य भए सम्म लोकतन्त्रको कुनै अर्थ हुदैन । त्यसैले अव आर्थिक र समाजिक परिवर्तनको आवश्यकता छ ।’

दलित, पिछडावर्ग, अल्पसंख्यकहरुको राजनीतिमा भागिदारी र सत्तामा साझेदारी नभए सम्म सार्थक लोकतन्त्रको परिकल्पना समेत गर्न नसक्ने उनको भनाई थियो । दलित, पिछडावर्ग, अल्पसंख्यकहरु छुट्टा छुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै उनले एकजृुट भएर लडनका लागि डोटिम परिसंघ साझा मञ्च निर्माण भएको उनले बताए ।

डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परिसंघका सल्लाहकार डा. पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र अगामी कार्यदिशाबारे आफनो विचार प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर