LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेश आन्दोलनका नेतृत्वकर्ताको कमजोरीको कारण मुलुकमा पुर्ण संघीयता आउन नसकेको आरोप लगाएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाको सिरदहीमा आयोजना गरिएको स्वागत सम्मान तथा शुभकामना अरदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो दावि गरेका हुन् ।

मुलुकमा राजनीतिक परिवर्तनको लागि पटक–पटक आन्दोलन भयो, आन्दोलनलाई क्रान्ति भन्छु, अध्यक्ष अन्सारीले भने,‘ क्रान्ति परिवर्तनको लागि हुन्छ, क्रान्ति जसको विरुद्ध गरिन्छ, उसलाई जरोबाटै समाप्त गरि नयाँलाई स्थापित गरिन्छ । तर हाम्रो देशमा २०३६ सालको क्रान्ति होस् वा २०४६ सालको क्रान्ति होस् वा २००७ सालको क्रान्ति किन होस्, सबै क्रान्ति सम्झौतामा समाप्त भयो । विगतमा हामी राजाको विरुद्ध क्रान्ति गरेका थियौ । तर पछि गएर राजासँगै सम्झौता गरेर क्रान्तिलाई समाप्त गर्ने काम भयो ।’

पछिल्लो समय भएको मधेश क्रान्तिमा दुई भन्दा बढी जना शहिद भए, हजारौ घाईते भए, सयौ नेता तथा कार्यकर्ताहरुमा माथि विभिन्न मुद्दाहरु लगाइएको छ, अहिलेपनि कति जनालाई जेलमा राखिएको छ, पुर्व गृहराज्यमन्त्री समेत रहेका अध्यक्ष अन्सारीले भने,‘ यति ठुलो क्रान्ति सायदै अन्य देशहरुमा देखिन्छ । त्यतिवेला मधेश क्रान्तिका नेतृत्वकर्ताहरुले भन्थे,‘उधारोमा सम्झौता हुदैन’, ‘अभि नहि कभि नहि’ । तर पछि गएर लाखौ मधेशी जनताको क्रान्तिलाई २० जनाले काठमाण्डौको टुडिखेलमा गएर समाप्त गरिदिए । र अधुरो संघियतालाई स्वीकार गरि मधेशी जनतालाई धोका दिने काम गरे ।’


उनीहरुको अदुर्शिताको कारण प्रदेश सरकार कमजोर भएको बताउदै अध्यक्ष अन्सारी भने,‘ अहिले मुख्यमन्त्रीलाई हवल्दार सरुवा गर्ने पनि अधिकार छैन । यस्तो संघीयता हामीहरु पाएका छौ ।’

शहिदहरुको बलिदानी र त्यागले मुलुक संघीय संरचनामा गएपनि अधिकारको सवालामा अझै मुलुक संघीयतामा जान नसकेको अध्यक्ष अन्सारीको भनाई थियो । केहि दिन अघि सम्पन्न भएको मुस्लिम समुदायको बकरईद पर्वको समेत अध्यक्ष अन्सारी शुभकामना दिए ।

कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री बिमला अन्सारीले प्रहरी समायोजन प्रक्रिया अगाडी बढाउन संघीय सरकारसँग माग गरिन । आफु कुनै पार्टीको मात्र नभई प्रदेशका सबै जनताको मन्त्री रहेको बताउँदै मन्त्री अन्सारीले भनिन्,‘ आफ्नो मन्त्रालयबाट विकास निर्माणका योजनाहरु संचालन नभएपनि सासदहरुले पाउने बजेटबाट प्रदेशका सबै जिल्लामा क्रमश योजनाहरु राख्ने गरेको छु ।’

स्थानीय समाजसेवी अलाउदीन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल तथा स्थानीयवासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

सम्बन्धित खबर