LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
जनता समाजवादी पार्टी(जसपा) नेतृत्वको मधेश सरकारलाई विस्थापित गरि मुख्यमन्त्री सिंहले शपथ लिएको ३० औ दिनमा विश्वासको मतको लिएका हुन् ।
प्रदेशसभामा उपस्थिति १०१ जना मध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले बिपक्षमा मत दिएका छन् । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले २५ जेष्ठमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

मुख्यमन्त्री सिंहलाई सदनको सबभन्दा ठुलो दल नेकपा एमाले, दोस्रो ठुलो दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएको छ । भने जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस र नेपाल संघीय समाजवादी पार्टीले बिपक्षमा मतदान गरेको छ ।

विश्वासको मत पश्चात सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सत्ता पक्ष र प्रतिपक्षि दल भएपनि मधेश प्रदेशको विकास र संघीयता र संविधानको संरक्षणको सवालमा सबै दलको एक मत रहनुपर्ने बताए । मधेश प्रदेश नै संघीयताको जनन्नी रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने,‘ देशमा देखिएको राजनितिक अस्थिरताले विकास निर्माण सुस्त हुन पुगेको वेला बनेको वर्तमान गठबन्धनले विकास निर्माण गति प्रदान गर्नेमा विश्वास लिएको छु ।
विश्वासको मत अघि चार दलका छ मन्त्रिलाई बर्खास्त
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनु अघि शनिवार नै माओवादी केन्द्रसहितका ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए ।
सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीलाई मुख्यमन्त्री यादवले बर्खास्त गरेका थिए ।
मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसबाट कृषि मन्त्री बनेका गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुंगेलीलाई बर्खास्त गरेका छन ्।

त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेको थियो ।
मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख कार्यालयमा पुगेर शनिवार नै बर्खास्तीको पत्र दर्ता गराएका थिए । मन्त्रीहरूको बर्खास्तीपछि मुख्यमन्त्री सिंहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रमा फेरिएको गठबन्धनअनुसार नै नयाँ सरकार गठन गर्नुपर्ने भएकाले बर्खास्त गरिएको बताए ।

बर्खास्त गर्नुअघि मन्त्रीहरूलाई राजीनामा दिन भनेको, तर राजीनामा नदिने बरु बर्खास्त नै गर्न भनेपछि बर्खास्त गरिएको सिंहको भनाइ छ । मुख्यमन्त्रीले शनिबार दिउँसो प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

भोलि काँग्रेस र लोसपालिएर सरकार विस्तार गरिने

शानिवार विश्वासको मत लिएका मुख्यमन्त्री सिंहले आईतवार नै काँग्रेस र लोसपालाई लिएर सरकार विस्तार गर्ने तयारी गरेका छन् ।
शनिवार नै सरकार विस्तार गर्ने तयार गरेपनि काँग्रेस र लोसपाले मन्त्रीको नाम नपठाउदाँ आईतवार नै सरकार विस्तार हुने बताईएको छ ।

सम्बन्धित खबर