LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

यसअघि तत्कालीन जसपा नेतृत्वको सरकारले पनि यादवलाई नै आयोगको अध्यक्ष बनाउने तयारी गरेको थियो । तर सत्ता फेरबदल तथा पार्टी नै विभाजनपछप जसपा नेपाल नेतृत्वको सरकारले आयोगको अध्यक्ष चयन गर्न सकेको थिएन ।

यता, जसपा नेपालले नै रोजेका व्यक्तिलाई आखिर किन जनमतले प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनायाे भन्ने राजनीति वृत्तमा चर्चाको विषय बनेको छ ।  स्राेतका अनुसार यादवलाई आयोगको अध्यक्ष बनाउनमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको महत्वपूर्ण भूमिका छ ।

ओली सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपाल अहिले केन्द्रमा न त प्रदेश सरकारमै छ । जसपा नेपाल अहिले मधेश प्रदेशको प्रमुख प्रतिक्षि दल पनि हो । आयोगको अध्यक्ष नियुक्ति सिफरिस गर्ने समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुने प्रवधान छ । सरकारले आयोगको अध्यक्ष नियुक्त गर्दा प्रमुख विपक्षी दललाई विश्वासमा लिनु आवश्यक हुन्छ ।

यस्तो अवस्थामा मुख्यमन्त्री सिंह जसपा नेपाललाई आयोगको कुनै सदस्य दिएर अध्यक्ष आफैँले रोजेको व्यक्तिलाई नियुक्त गर्ने तयारीमा थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई अध्यक्ष नियुक्ति गर्न मुख्यमन्त्रीलाई सुझाएका थिए ।

यादवलाई  अध्यक्षमा नियुक्त गर्दा जसपा नेपालले पनि सहज रूपमा स्वीकार गर्ने तथा आफ्नो इन्ट्रेस्ट पनि पूरा हुने देखेर प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएको स्राेतको दाबी छ । मुख्यमन्त्री सिंहले पार्टीको निर्देशन फरक व्यक्तिलाई बनाउनुपर्ने रहेको भनेका थिए । तर प्रधानमन्त्रीले यादवलाई अध्यक्ष नियुक्त नगरे प्रदेश सरकारको नेतृत्व नै फेरिन सक्ने चेतावनी दिएपछि बाध्य भएर यादवलाई आयोगका अध्यक्षमा सिफारिस गरेको नेकपा एमालेका एक सांसदले बताए ।

यादवलाई अध्यक्ष बनाउन जसपा नेपालसँगै कांग्रेस र एमालेको पनि चाहना रहेकोले दवाव दिएर नियुक्त भएको उनले बताए ।
अर्कोतर्फ यादवले जनमतभित्र पनि आफ्नो लवी बलियो बनाएका थिए । प्रदेश उपसभामुख बतिता इश्रका श्रीमान् पनि यादवसँगै लामो समय काम गरेकोले र दुवैबीच राम्रो मित्रता रहेकोले पनि जनमतले यादवलाई अध्यक्षमा स्वीकार गरेको जनमतका एक नेताले बताए ।

सम्बन्धित खबर