LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । कम्प्युटर अपरेटरमा स्थायी जागिर दिनुपर्ने माग गर्दै विद्यार्थीहरुले मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।
सबै प्रदेशमा कम्प्युटर अपरेटरको लागि स्थायी जागिर दिई रहेको अवस्थाा मधेश प्रदेशका करारमा भर्ना लिने काम भईरहेकोले त्यसको विरोधमा विद्यार्थीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।

कम्प्युटर अपरेटरको करार होइन स्थायी जागिर देउ सरकार विभिन्न मागसहितका नाराबाजी गर्दै लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरूले आइतवार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले अब आश्वासन होइन स्थायी जागिर देउ, करारमा भर्ना बन्द गर, कम्प्युटर अपरेटर स्थायी दरबन्दीका विज्ञापन गर लगायतका माग सहितको नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी कम्प्युटर अपरेटर तयारी कक्षा गरिसकेका विद्यार्थी गोपाल मण्डलले भने,‘ हामी तीन वर्षदेखि आन्दोलनरत छौ, पटक पटक सरकारलाई ध्यानकर्ष गराएका छौ तर मधेश सरकारले आफुहरूको मागप्रति चासो नदेखाएपछि विरोध प्रदर्शन गर्न वाध्य भएका छौ ।’
तीन वर्षको अवधिमा तीनवटा सरकार परिवर्तन भएपनि प्रदेश सरकारले आफुहरुलाई आश्वासन वाहेक कुनै प्रक्रिया अगाडी बढाएको उनले बताए ।

उनी सँगै रहेका एक अर्का विद्यार्थी मनिष यादवले भने,‘ मधेश प्रदेश बाहेक सबै प्रदेशमा कम्प्युटर अपरेटरको स्थायी विज्ञापन गरि भर्ना गर्दै आएको छ । तर मधेश प्रदेशमा लोक सेवाबाट प्राविधिकतर्फ करारमा मात्रै विज्ञापन गर्दा करारको जागिर ग्यारेन्टी नहुंदा स्थायी दरबन्दी हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

सम्बन्धित खबर